१८ श्रावण २०८३, सोमबार
,
Latest
इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न ट्रम्प सहमत मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता उत्तरपश्चिम पाकिस्तानमा भएको आत्मघाती विष्फोटमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो युक्रेनको राजधानी किभमा रुसी मिसाइल आक्रमणः ९ जनाको मृत्यु, २८ घाइते काबुलमा प्रहरीसँगको मुठभेडमा सात सशस्त्र लुटेरा मारिए विभिन्न पाँच समितिको बैठक बस्दै इण्डोनेसियाको जाभा सागरमा जहाजमा आगलागीः ५ को मृत्यु, ४१ बेपत्ता इजरायली हवाई आक्रमणमा दुई बालबालिकासहित ९ जना प्यालेस्टाइनीको मृत्यु सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानसँग वार्ताको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी२० विश्वकप: अस्ट्रेलियासँग श्रीलंका पराजित



अ+ अ-

अस्ट्रेलियामा जारी टी२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक अस्ट्रेलियाले श्रीलंकालाई सात विेकेटले पराजित गरेर महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

अस्ट्रेलियाको जितको नायक मार्कस इस्टोनोइसिस रहेका थिए । दबाबमा खेलिरहेको अस्ट्रेलियाका लागि उनले  १८ बलमा ५९ अविजित रन बनाएका थिए जसमा ४ चौका र ६ छक्का सामेल थिए । अन्य खेलाडीमा आरोन फिन्चले ३१, ग्लेन म्याक्सेलले २३ र डेभिड वार्नरले ११ तथा मिचेल मार्सले १८ रन बनाएका थिए ।

अस्ट्रेलियाले निर्धारित लक्ष २१ बल बाँकी छँदै  १६•३ ओभरमा पूरा गरेको थियो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा १५६ रन बनाएको थियो । श्रीलंकाका लागि  पाथुम निसान्काले ४०, चरिथ असालान्काले ३८ रनको योगदान गरेका थिए ।

दुबै टिमको २, २ अंक भएको छ ।