२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल पक्षको केन्द्रीय पदाधिकारी बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको बैठक डाकेका छन् । 

महामन्त्री डा. शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

पार्टीका सभापति शेरबहादुर देउवा महाधिवेशन गर्न अनिच्छुक रहेको र विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको आरोप लगाउँदै आएको सो पक्षले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने धारणाबारे छलफल गर्न बैठक डाकेको हो ।