२८ भाद्र २०८३, आईतवार
,
Latest
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

४७ जिल्लाका सभापति पौडेलको पक्षमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका पक्षमा  ४७ जिल्लाका सभापतिहरु उभिएका छन् । काठमाडौँको ठमेलमा जारी जिल्ला सभापतीको भेलामा ३५ जनाले भौतिकरूपमा सहभागी जनाएका छन् भने १२ जना भर्चुअलरूपमा सहभागी भएका हुन् । 

पौडेल पक्षले पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेका बेला आफ्नो रणनीति बनाउन भेलाको आयोजना गरेको हो । दिनभर चल्ने सो भेलामा जिल्ला सभापतिहरूले आ-आफ्नो धारणा व्यक्त राख्ने भएका हुन् । 

आजै दिउँसो ३ बजे महामन्त्री डा. शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा पौडेल पक्षले आफूनिकट केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको बैठक पनि बोलाएका छन् । 

सभापति शेरबहादुर देउवा महाधिवेशन गर्न अनिच्छुक रहेको र विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको आरोप लगाउँदै आएको पौडेले पक्षले भोलि बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने धारणाबारे छलफल गर्न लागेको हो ।