२८ भाद्र २०८३, आईतवार
,
Latest
‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति थापाका उत्तराधिकारी शर्माले आजदेखि कार्यभार सम्हाल्दै



अ+ अ-

काठमाडौं । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले आजदेखि कार्यभार सम्हाल्नुभएको छ । एक महिनापछि उनी मुलुकको ४४ औँ प्रधानसेनापति बन्दै हुनुहुन्छ । 

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ मा सकिँदैछ । उहाँले अनिवार्य अवकाश पाएसँगै हिजो (आइतबार)देखि घर बिदामा बस्नुभएको छ । 

राष्ट्रपति विद्यादेवि भण्डारीले साउन १२ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार शर्मालाई साउन १७ गते  कामु प्रधानसेनापतिमा नियुक्त गर्नुभएको थियो । 

उहाँले आगामी भदौ २४ गते  नेपालको ४४ प्रधानसेनापतिको फुलि लगाउनुहुनेछ । त्यसअघि एक महिनासम्म उहाँले कायम मुकायम प्रधानसेनापतिको रुपमा काम गर्नुहुनेछ । 

शर्माले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गर्नुभएको छ भने भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) को तालिम र अमेरिकामा पनि सैन्य शिक्षा हासिल गरिसक्नुभएको छ । 

शर्मा प्रधानसेनापति हुने ब्राह्मण समुदायका पहिलो व्यक्ति समेत हुनुहुन्छ ।