२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ

बाढीपहिराका कारण गाउँ पुग्न सकस, तुइन सहारा

बाढीपहिराका कारण गाउँ पुग्न सकस, तुइन सहारा
अ अ+ अ-

मनाङ । असार १ गते बाढीपहिराले नासो गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । बाढीपहिराले सबैभन्दा बढी क्षति पुर्याएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेको गाउँ पुग्न नै मुस्किल भएको छ अहिले । 

चारैतिर नदी, खोलाले घेरिएको नासों गाउँपालिका–८ ताचै पुग्न ज्यान नै जोखिममा राख्नुपर्ने अवस्था छ । “पानी पर्न अझै पनि रोकिएको छैन, नदी, खोला, खोल्साको बहाव बढ्ने सम्भावना उत्तिकै छ तर गाउँमा पुगेर स्थानीयको सेवा गर्नुपर्ने भएकाले ज्यान जोखिममा राखेर पुग्ने गरेको छु”, गाउँपालिका अध्यक्ष घलेले भन्नुभयो । 

“टेलिफोन टावर छैन । आवतजावत गर्ने बाटो छैन । विद्युत् छैन । गाउँका केही घर पहिरामा भासिएका छन् । झोलुङ्गे पुल बगाएको छ । सडक छैन”, उहाँले भन्नुभयो, “गाउँमा वारपार गर्न चाइनिजले निर्माण गरेको एक मात्रै तुइन सहारा बनेको छ । त्यो पनि जीर्ण अवस्थाको छ । गाउँबाट पालिकासम्म पुग्नसक्ने अवस्था अझैसम्म पनि बनाउन सकेका छैनौँ ।”

गाउँमा सञ्चार र विद्युत् आपूर्ति नहुँदा अन्धकारमा छ । गाउँपालिकाका केही स्थानका टेलिकम टावर मर्मत तथा सौर्य ऊर्जा जडान गरेर प्रयोगमा ल्याउने प्रयास भइरहेको छ । नासो–८ का वडाध्यक्ष हुपजङ्ग गुरुङ गाउँले मिलेर गोरेटो निर्माण गरे पनि मस्र्याङ्दी नदी वारपार गर्न तुइनबाहेक अरु विकल्प नभएको बताउनुहुन्छ । 

“तुइन पनि जीर्ण अवस्थामा छ । जोखिम मोलेर वारपार गरेका छौँ । केही दिनसम्म राहतले चलाउला तर सधैँ त गाह्रो हुन्छ । ताचैको त पूर्णरुपमा विच्छेद भएका छौँ”, गुरुङले भन्नुभयो । 

खिया लागेको लामो समयसम्म नचलेको तुइन प्रयोग गरी मस्र्याङ्दी वारपार गर्नुपर्दा घर फर्किने हो कि होइन भन्ने चिन्ताले सताउने गरेको स्थानीय शेरजङ्ग गुरुङ बताउनुहुन्छ । नासो गाउँपालिका–९ दानाक्युबाट वडा नं ८ ताचै जान अप्पर मस्र्याङ्दी दुई जलविद्युत् आयोजनाले जडान गरेको सामान तार्न तुइन बनाएको हो । 

“स्थानीयले बनाउन सक्नेजति त बनाएर सजिलो बनाएका छौँ नि । ठूलो नदीलाई त जित्न पनि नसकिने स्थानीय स्रोतसाधनले पनि नभ्याउने रहेछ । जोखिम मोल्दै सरकारको मुख ताकेर बस्नुपर्ने अवस्था छ”, उहाँ भन्नुहुन्छ, “सरकारले छिटो बनाइदिए स्थानीयको खुशी फर्किने थियो र अभिभावक रहेको महसुस गर्न पाइन्थ्यो भन्ने लाग्छ के गर्नु ? छिटो सुनुवाइ होस् ताचैवासीको अनि सम्पूर्ण मनाङवासीलाई सजिलो होस् ।”

ताचैसँगै यस गाउँपालिकाको वडा नं १ ताल, ३ नं वडाको धारापानी, खोत्रो, ५ नं वडाको थोंचे, ६ र ७ नं वडाको तिल्चे र ९ नम्बर वडाको दानाक्युमा बाढीपहिराले बढी क्षति पुर्याएको छ । यी गाउँ एकाापसमा सम्पर्क र आवतजावतसमेत गर्नसक्ने अवस्थामा छैनन् । केही स्थानमा गोरेटो बाटो र अस्थायी काठे पुल निर्माण गरी आवतजावतलाई सहज बनाइएको छ । 

मस्र्याङ्दी नदीमा आएको बाढीले नासोंको प्रशासनिक भवन नै बगाएपछि पूर्णरुपमा विस्थापित भएको छ । अत्यावश्यक सेवा प्रवाह गर्नसमेत समस्या भएको छ । गाउँपालिकाको सेवा नै छिमेकी जिल्ला लमजुङबाट अस्थायी कार्यालय राखेर सेवा प्रवाह भइरहेको छ । रासस