२८ भाद्र २०८३, आईतवार
,
Latest
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुराको रानीवन स्पोर्टस् क्लबले ‘सी’ डिभिजन छनोट खेल्ने



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुन गइरहेको सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा पहिलो पटक सुदूरपश्चिम प्रदेशको टोलीले पनि सहभागिता जनाउने भएको छ ।

अर्को महिना आयोजना हुन गइरहेको लिगको छनोटका लागि बाजुराको रानीवन स्पोर्टस् क्लबले आइतबार एन्फामा नाम दर्ता गराएको हो । 

क्लबले अहिले जिल्लामै अभ्यास थालिरहेको छ । यस्तै छनोटका लागि टोलीको तयारीसँगै खेलाडी छनोट पनि भइरहेकोले इच्छुक खेलाडीलाई सम्पर्क गर्न पनि क्लबले आह्वान गरेको छ । 

एन्फाले सी डिभिजन लिग छनोटको दर्ताका लागि साउन मसान्त सम्मको समय तोकेको छ । 

रानीवन सुदूरपश्चिमबाट सी छनोट खेल्न दर्ता हुने पहिलो क्लब समेत बनेको छ ।