२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ

एमाले स्थायी कमिटी बैठकमा वामदेव गौतमको आक्रोश, पार्टीमा मनपरी गर्न पाइँदैन

एमाले स्थायी कमिटी बैठकमा वामदेव गौतमको आक्रोश, पार्टीमा मनपरी गर्न पाइँदैन
अ अ+ अ-

काठमाडौंः नेकपा (एमाले) को  आज बसेको स्थायी कमिटीको विधान संशोधन सम्बन्धी बैठकमा उपाध्यक्ष वामदेव गौतमले आफ्नो धारणा राख्दै यसबीच पार्टी अध्यक्षले मनपरी गरेका विषयलाई अध्यक्षका अधिकारहरु भन्ने शीर्षकमा केही अधिकारहरु थप्न व्यंग्यपूर्ण धारणा राख्नु भएको छ ।  

हाम्रो पार्टीका अध्यक्षलाई आममाफि दिने अधिकार हुनेछ र पार्टी अनुशासनात्मक कारबाही शीर्षक अन्तरगत केही बुँदाहरु थप्नु जरुरी छ, गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि व्यंग्य गर्दै भन्नुभयो ।   

बैठकमा निकै आक्रामक शैलीमा प्रस्तुत हुँदै नेता गौतमले पार्टी अनुशासन उल्लघन गर्नेहरु मध्ये प्रकृति हेरेर कतिलाई अपराधी भन्न सकिने छ, कतिलाई गद्दार भन्न सकिने छ र कतिलाई देशद्रोही पनि भन्न सकिने छ भन्ने उल्लेख गर्नुपर्ने बताउनुभयो ।

गौतमले कम्युनिष्ट पार्टीमा माथि उल्लेख भएका विषयहरु कुनै पनि देशका कुनै पनि कम्युनिष्ट पार्टीका विधानमा उल्लेख हुँदैनन् र आरोप पनि लगाइँदैन भन्दै अगाडि भन्नुभयो, अहिले नेकपा (एमाले) का बरिष्ठ नेता माधव कुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष केपी ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही पनि भन्नुभयो ।

अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुपर्‍यो,  बोल्नु हुँदैन भने किन बोल्नुभयो, मनपरी गर्न पाइँदैन । त्यसैले पार्टीमा कसैले गल्ती गर्‍यो भने राजनीतिक कारबाही हुन्छ । नेता गौतमले सभाहलमा बोलिरहँदा कमिटी स्तब्ध हुनुका साथै हलमा सन्नाटा छाएको बैठकमा सहभागी एक नेताले बताए ।