१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु
अ अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा दुईटा मोटरसाइकल एकापसमा ठोक्किँदा  घाइते भएका युवकको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको एकडारा गाउँपालिका–६ कोल्हुवा गाउँ बस्ने इसी कवारीका छोरा २२ वर्षीय फरमान कवारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

चालक धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–३ बस्ने २२ वर्षीय अनबारुल राइन र पछाडि सवार महोत्तरी जिल्लाको एकडारा–६ बस्ने २२ वर्षीय फरमान राइन गत फागुन ३ गते राति ७ बजेको समयमा मटिहानीबाट जलेश्वर जाँदै गरेको प्रदेश–२–०२–००४प ९१७१ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको चालक जलेश्वर नपा–७ बस्ने ३३ वर्षीय शम्भु साह चढेको बिआर०६बी ७०२१ नंको मोटरसाइकल मटिहानी नपा–९ मा एकापसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।    

दुर्घटनापश्चात दुई जना सवार मोटरसाइकल पछाडि बस्ने फरमान गम्भीर घाइते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेकामा आज बिहान ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)