१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

चुलिदो राजनीतिक सङ्कट बीच जोनसन र सुनक बीच गोप्य वार्ता

चुलिदो राजनीतिक सङ्कट बीच जोनसन र सुनक बीच गोप्य वार्ता
अ अ+ अ-

लण्डन । बेलायती कन्जरभेटिभ पार्टीको नेतृत्वको विषयमा प्रतिद्वन्द्वी बोरिस जोन्सन र ऋषि सुनकले राति अबेरसम्म वार्ता गरेका छन् । पार्टीको बिग्रदो छवि र देशको अस्थिर राजनीतिक अवस्थाका बीच प्रमुख नेताहरू बीच भएको वार्तालाई विशेष चासको रूपमा हेरिएको छ ।

दुवै नेताहरू निवर्तमान प्रधानमन्त्री लिज ट्रसलाई नेतृत्वबाट विस्थापित गराउने दौडमा सार्वजनिक भने भएका छैनन् । ट्रसको राजीनामा घोषणापछि उनीहरूको कुनै टिप्पणी बाहिर आएको छैन ।

बढ्दो आक्रोश र राजनीतिक अस्थिरताका बीच क्याबिनेट सदस्य पेनी मोर्डन्टले भने औपचारिक रूपमा पार्टी नेतृत्वको दावी गर्दै यसका लागि आफू सक्षम रहेको समेत घोषणा गरेका छन् ।

ूमलाई लाग्छ कि म हाम्रो पार्टीलाई एकताबद्ध गर्न सक्षम छु,ू ४९ वर्षीया पेनीले बीबीसी सँग कुरा गर्दै उनले सात हप्ता अघि मात्र सम्पन्न भएको अन्तिम नेतृत्व प्रतियोगितामा सुनक र ट्रसबीच नजिकबाट नियालेको र अहिले नेतृत्वका लागि दाबी प्रस्तुत गरेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री जोनसन र पूर्व अर्थमन्त्री सुनकले टोरी सांसदहरूको मतदानको सामना गर्न आवश्यक १०० मत सुरक्षित गर्न सोमबारको समयसीमा अघि कन्जरभेटिभ सहकर्मीहरू बीच तीव्रताका साथ लबिङ गरिरहेको बताइएको छ ।

बीबीसीको जनाएअनुसार, सुनकले शुक्रबार पुरानो थ्रेसहोल्ड पार गर्दै अगाडि बढ्नु भएको छ र १२९ टोरी सांसदहरूको सार्वजनिक समर्थन देखिएको छ । त्यस्तै जोनसनसँगै १०० मत सुरक्षित रहेको बताइएको छ ।

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन पार्टीको नेतृत्वका लागि औपचारिकरूपमा अगाडि बढ्न क्यारेबियन क्षेत्रको भ्रमण कटौती गरी शनिबार बेलाइत आइपुगेका हुन् । गत जुलाई ७ मा प्रधानमन्त्री जोनसनका मन्त्रीहरूले अप्रत्यासितरूपमा राजीनामा दिएपछि तत्कालीन प्रधानमन्त्री जोनसनले राजीनामा दिएका थिए ।

त्यस्तै जोनसनको क्याबिनेटमा अर्थमन्त्री रहेका ऋषि सुनकले पनि टोरी र बेलायती प्रधानमन्त्रीपदका लागि १०० भन्दा बढी मनोनयन प्राप्त गरेका थिए यद्यपि पछिल्लो नेतृत्वको प्रतिस्पर्धामा ट्रससँग पराजित भएका थिए ।