२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ

खोपमा अनियमितता छैन: सामाजिक विकास मन्त्रालय

खोपमा अनियमितता छैन: सामाजिक विकास मन्त्रालय
अ अ+ अ-

विराटनगर । कोरोनाविरुद्धमा लगाइने खोपमा कुनै पनि अनियमितता नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । लगभग ४५ लाख जनसङ्ख्या रहेको यो प्रदेश नं १ मा कोभिसिल्ड पहिलो पटकमा नौ हजार ६०० भाइल, दास्रो पटकमा ३३ हजार ३०० भाइल र तेस्रो पटकमा तीन हजार भाइल आएको मन्त्रालयले जनाएको छ ।
    
मन्त्रालयबाट प्राप्त जानकारीअनुसार भेरोसेल सिङ्गल डोजको पहिलो पटक एक लाख ४५ हजार ८०० र दोस्रो पटक ३२ हजार ४००, डब्बल डोजको भेरोसेल पहिलो पटक एक लाख ६९ हजार ९६० र पछिल्लो पटक अमेरिकन जोनसोनको ४८ हजार भाइल प्रदेशमा आएको छ ।
    
खोप अहिलेसम्ममा कोभिसिल्ड तीन लाख नौ हजार २४६ जनालाई पहिलो डोज दिइसकेको र दोस्रो डोज ५२ हजार ८५५ जनालाई लगाइसकेको बताइएको छ । यस्तै भेरोसेल पहिलो डोज तीन लाख २८ हजार ३१३ जनालाई र दोस्रो डोज ६६ हजार ३३९ र पछिल्लो जोनसोनको ६६ हजार ९०३ जनालाई खोप लगाउने काम सम्पन्न भएको छ । मन्त्रालयले जापान र भूटानबाट प्राप्त हुने खोप प्रदेशलाई प्राप्त भएमा कोभिसिल्ड पहिलो डोज लगाएको मानिसलाई लगाउने योजना छ । 
    
प्रदेशमा हालसम्ममा तीन लाख ९६ हजार ३७२ जनाको पिसिआर परीक्षण भएको छ । जसमा ८८ हजार ४१५ जना सङ्क्रमित भए पनि ७९ हजार ४५० जना कोरोना सङ्क्रमणबाट मुक्त भइसकेका छन् । प्रदेशमा अहिले पनि सात हजार २८३ जना सक्रिय सङ्क्रमित छन् ।
    
साथै एन्टिजेन परीक्षण शुरु भएपछि अहिलेसम्ममा एक लाख १३ हजार ७४१ जना परीक्षण गर्दा ३२ हजार ९५३ जनामा सङ्क्रमण दखिएको थियो । कोरोनाका कारण प्रदेशमा अहिलेसम्ममा एक हजार ६८२ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पहिलो चरणमा ४६० जनाको मृत्यु भएको थियो । कोरोनाको दोस्रो लहर शुरु भएपछि थप मानिसको मृत्यु भएको हो । मृत्यु हुनेमा प्रदेश बाहिरका १४८ जना छन् ।

कोरोनाका कारण मृत्यु हुनेमा ५४८ महिला र एक हजार १३४ पुरुष छन् । यसबाट बच्न र बचाउन मानिसले स्वास्थ्य आचारसंहिता पालन गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने र मास्क लगाउनुपर्ने जस्ता विधिलाई जीवन पद्धतिमा उतार्नुपर्ने मन्त्रालयको सुझाव छ । प्रदेशमा अहिले कोशी अस्पताल विराटनगर, प्रदेश जनस्वास्थ्य कार्यालय विराटनगर, न्यूरो अस्पताल कोशी अस्पताल विराटनगर, प्रदेश जनस्वास्थ्य कार्यालय विराटनगर, न्यूरो अस्पताल विराटनगर, विराट मेडिकल कलेज, नोबेल अस्पताल कञ्चनबारी, कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कन्काई अस्पतालमा पिसिआर परीक्षण भइरहेको छ ।
    
कोरोनाको महामारी शान्त नभएका अवस्थामा तेस्रो लहर पनि आउने सम्भावनाप्रति प्रदेश नं १ को  सामाजिक विकास मन्त्रालय सचेत भएर काममा जुटेको छ ।    लगभग प्रदेशको सबै जिल्लामा देखिएको कोरोनाबाट आम नागरिकलाई पार लगाउन मन्त्रालयले हिमाल, पहाड र तराईका जिल्लाको भूगोलको अवस्था हेरेर अस्तालमा कार्यरत चिकित्सकको तलब वृद्धि गरेको छ । सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशको प्रत्येक जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउने योजना आगाडि बढाएको बताउनुभयो । 
    
उहाँले जिल्ला अस्पतालमा एचडियु, सघन उपचार कक्ष र भेन्टिलेटरको सुविधा राख्न मन्त्रालयले आवश्यक योजना बनाइरहेको चर्चा गर्दै हिमाली क्षेत्रमा काम गर्ने चिकित्सकलाई ३०० प्रतिशत, पहाड क्षेत्रका लागि २५० प्रतिशत र तराई क्षेत्रमा काम गर्ने चिकित्सकलाई २०० प्रतिशत तलब वृद्धि गरेको जानकारी दिनुभयो । 
    
उहाँले कोभिडले आक्रान्त पारेको अहिले अवस्थामा आम नागरिकलाई खोप लगाउन प्रदेश सरकार प्रतिबद्ध छ भन्नुभयो । उहाँले प्रदेश सरकारलाई खोप खरिद गर्ने अधिकार नभएको र यसका लागि सङ्घीय सरकारसँग नै समन्वय गर्नुपर्ने भएकाले खोप केन्द्रमा प्राप्त भएपछि प्रदेशले पनि आवश्यकताअनुसार प्राप्त गर्दै जाने बताउनुभयो । मन्त्री राईले  गरिबको उपचारमा निर्माण गरिने कोषमा सक्नेले रु १० लाख र नसक्नेले रु १० मात्र सहयोग गर्न अपिल पनि गर्नुभयो ।