२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ

फेरि उठ्दै छ पर्यटकीयस्थल बेलढुङ्गा

फेरि उठ्दै छ पर्यटकीयस्थल बेलढुङ्गा
अ अ+ अ-

गलकोट । अग्ला डाँडाकाँडा र पहाडमा भ्यू टावर बनाउने लहड चलिरहेका बेला प्राकृतिक ‘भ्यू टावर’ बेलढुङ्गा एकाएक चर्चामा आउँदै थियो । बेल आकारको ढुङ्गा दुई हजार ११८ मिटरको उचाइमा थियो । जहाँबाट सुन्दर हिमशृङ्खलादेखि दुई विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देखिन्छ । 

तर, २०७७ साल भदौमा बेलढुङ्गाको माथिल्लो भाग भत्कियो । २०७२ सालको भूकम्पको पटकपटकको धक्का र ढुङ्गामा बनाइएका केही संरचनाका कारण माथिल्लो भाग भत्किएको स्थानीयवासी बताउछन् । बागलुङको काठेखोला गाउँपालिका– ३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीको सिमामा अवस्थित बेलढुङ्गाको माथिल्लो भाग भत्किएपछि यसको थप पूर्वाधार विकास र प्रवद्र्धनमा धक्का पुगेको आकलन र संशय सर्वत्र थियो । तर, दुवै जिल्लाका स्थानीयवासीको पहल र प्रयत्नपछि अहिले फेरि बेलढुङ्गा नयाँ स्वरुपमा उठ्न थालेको छ । 

ढलेको वर्ष दिन नबित्दै स्थानीयवासीको पहलमा काठेखोला गाउँपालिका, गण्डकी प्रदेश सरकारको सहयोगमा बेलढुङ्गा क्षेत्रमा पर्यटन पदमार्ग, बेलढुङ्गादेखि पञ्चकोटतर्फ आउने साइकलल्याण्ड, पर्यटकीय सूचना बोर्ड लगायतका पूर्वाधार निर्माण गरिएको स्थानीय सामाजिक अगुवा गोपाल श्रीसले बताउनुभयो । 

कोरोनाका कारण अहिले पर्यटकीय क्षेत्र सुनसान प्रायः बनिरहेको अवस्थामा यहाँका स्थानीयवासीले भने बेलढुङ्गाको पुनःनिर्माण, पदमार्ग र साइकल लेनलगायतका पूर्वाधार निर्माणको कामलाई गति दिएका छन् । बेलढुङ्गाबाट देखिने धौलागिरि, निलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, गुर्जालगायतका दर्जन बढी हिमशृङ्खला, हरियाली जङ्गल र धौलागिरिका म्याग्दी, पर्वत, बागलुङका करिब तीन दर्जन गाउँबस्ती, महत्वपूर्ण धार्मिक र ऐतिहासिक क्षेत्रलाई अवलोकन गर्न सकिने हुनाले पछिल्लो समय यो पर्यटकीयस्थल चर्चित बन्दै गइरहेको छ । बेलढुङ्गा आउने पर्यटकलाई लक्षित गरी ओखलेमा बेलढुङ्गा सामुदायिक घरबास ९होम स्टे० समेत सञ्चालनमा छ । 

एक पटक लडेको बेलढुङ्गा पुनः उठाउने प्रयास निरन्तर जारी छ । “पुरानै अवस्थामा ल्याउन त सम्भव छैन तर यसलाई केही पुनः संरचना निर्माण र व्यवस्थित गर्ने प्रयास हुँदैछ”, बेलढुङ्गा होम स्टे व्यवस्थापन समितिका सचिवसमेत रहनुभएका श्रीसले भन्नुभयो, “धेरै राम्रो सम्भावना देखेका छौं, कोरोनाले हामीलाई केही सकस बनाएको छ, यहाँ आउने जो कोही निकै लोभिएर आनन्द लिएर फर्कने गरेका छन् ।”

अहिले गाउँपालिकाको रु दुई लाख ५९ हजार लागतमा बेलढुङ्गालाई फराकिलो र व्यवस्थित बनाउनुका साथै गण्डकी प्रदेश सरकारको २० लाख बजेटमा देउरालीबाट बेलढुङ्गासम्म पुग्ने २६० मिटर स्लेट ढुङ्गा विच्छ्याएर पदमार्ग निर्माण गरिएको छ भने बेलढुङ्गाबाट पञ्चकोटतर्फ २५० मिटर साइकल ल्याण्ड बनाइएको  छ । बेलढुङ्गा र पञ्चकोट  झण्डै १० किलोमिटर साइकल लेन बनाउने योजना छ । पर्यटकहरुले पदमार्गको रुपमासमेत प्रयोग गर्न सक्नेछन् । 

कोरोनाका कारण अहिले पर्यटक नआए पनि बेलढुङ्गाको पुनःनिर्माण जारी रहेको र यही शनिबार मात्रै काठेखोला गाउँपालिकाको सहयोगमा देउराली धुरी र बेलढुङ्गामा भ्यू प्वाइन्ट सूचना बोर्ड राखिएको बेलढुङ्गा पञ्चकोट पदमार्ग÷साइकल लेन निर्माण समितिका अध्यक्ष प्रेम घर्तीले जानकारी दिनुभयो । स्थानीयवासी दिल शिरिषको पहलमा काठेखोला गाउँपालिकासँगको समन्वयमा देउराली र बेलढुङ्गामा आकर्षक पर्यटकीय सूचना बोर्ड राखिएको हो । “कोरोना महामारीकाबीच २६० मिटर पदमार्ग, २५० मिटर साइकल लेन र २०० मिटर कच्ची साइकल लेन निर्माण गरेका छौं”, अध्यक्ष घर्तीले भन्नुभयो, “ताराखोलाको स्लेट ढुङ्गा छापेर बनाइएको पदमार्ग र साइकल लेनले पर्यटकलाई झनै आर्कषित गर्नेछ, कोरोनापछि पर्यटकको आगमनमा ह्वात्तै वृद्धि हुने अपेक्षा समेत गरिएको छ ।” 

बेलढुङ्गा क्षेत्रको समग्र विकास र प्रर्वद्धन गर्न अहिले बेलढुङ्गा तल देउरालीसम्म मोटरबाटो पु¥याइएको छ । देउराली धुरिदेखि बेलढुङ्गासम्म स्लेट ढुङ्गाको पदमार्ग बनाइएको छ । उक्त स्थानबाट म्याग्दीको पर्यटकीय गन्तव्य स्वर्गाश्रमलाई समेत सडक मार्गले जोडिएको छ । 

बाह्रैमहिना हिमशृखङ्ला र प्राकृतिक भू–बनोटलाई अवलोकन गर्न सकिने यस क्षेत्रमा चैत–वैशाखमा फुल्ने रातो, सेतो लालीगुराँसले मनमोहकता थप्दछ भने वैशाख मध्यमा माछापुच्छ्र«ेको खोचबाट सूर्योदय हुने गरेको छ । बिहान उदाउने सूर्योदय पनि यहाँको मुख्य आर्कषण हो । (रासस)