२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्यो स्वर्ण पदक मात्र थिएन, प्रेरणादायी खेल स्टारको जमघट थियो



अ+ अ-

काठमाडौं । काखमा सानो बच्चा, अस्वस्थ र शिथिल शरीर, यस बिचमा पनि  ट्रायकमा दौडी रहने उनको रहर ।  अमेरिकी धाविका एलीसन फेलीक्सको मनमा अनेक तर्कना हुने गर्थे, २०१९को समयमा । छोरी जन्मिए पछि छोरीको आँखामा हेर्दै सोचिन्,“ जिन्दगीमा धेरै दौड जितियो पछि अबको छोरीकै आँखा अगाडी किन नजित्ने । ”

भर्खरै सम्पन्न भएको टोकियो ओलम्पिकमा अनेकौँ कथा लेखिए । थुप्रै पदकको छिनो फानो हुँदा ती हरेक पदकसँग केही कथाहरू जोडिएका छन्  । यसै पदक मध्य एउटा महत्त्वपूर्ण पदक थियो, महिला ४ गुणा ४ सय मिटर रिलको  । टोकियो ओलम्पिकमा अपेक्षा गरिएका अमेरिकी टोलीले कमजोर प्रदर्शन गरी रहेको थियो । यस बिचमा कोचिङ स्टाफले ४ सय मिटरमा कास्य पाएकी एलीसन फेलीक्सका साथमा फरक विधामा  सफलता पाएका फरक तीन स्टारलाई रिलेमा दौडाउने नीति लियो । स्वर्ण विजेता  सो टोलीका ती चार धाविकाकै  खेल जीवनमा पठनीय फरक फरक कथाहरू रहेका छन् । यी नै मध्यकी एक ऐतिहासिक स्टार फेलीक्स । अन्य तीन स्टार एथिङ मु, डालिया मुहमुद र सिड्नी म्याकगलन । 

फेलीक्सको त्यो ११ औ ओलम्पिक थियो ।  पहिलो पदक उनले सन् २००४ मा एथेन्समा प्राप्त गरेकी थिइन् । टोकियो ओलम्पिकको पदकसँगै उनले सर्व कालीन उत्कृष्ट एथलेटको कोटीमा रहेका कार्ल लुइसलाई पछि छाड्दै सर्वाधिक ओलम्पिक पदक जित्ने अमेरिकी एथलेटिक्स खेलाडी बनिन् । उनी भन्दा बढी स्वर्ण पदक जित्ने एथलेटिक्स खेलाडी फिनल्यान्डका पावो नुर्मी मात्र रहेका छन् । नुर्मीले १२ ओलम्पिक पदक जितेका छन् । 

सन् २०१८ को नोभेम्बरमा फेलीक्स प्री प्लाज्मीयाबाट ग्रसित थिइन् । छोरी क्यामरनको जन्म हुनु भन्दा ३२  साता अगाडी यस्तो समस्या देखिए पछि उनलाई अस्पतालले इमर्जेन्सी सी सेक्सनमा राखेको थियो ।  २०१९ को विश्व एथलेटिक्स च्याम्पियनसिपमा उनी रिले टोलीमा मात्र अटाइन् । सधैँ जितको भोक रहेकी फेलीक्स सबै युवा खेलाडीको प्रेरणाको श्रोत भएको यसै रिले टोलीमा समावेश एथिङ मु बताउँछिन् ।
 
तीनै मूले टोकियो ओलम्पिकको एक वर्ष अघि मेडेलीन मेमिङसंग फोन गर्दै भनेकी थिइन्,“ म तपाइ जस्तै ओलम्पिकमा पदक जित्न चाहन्छु ।” मेडेलीन तिनै ऐतिहासिक खेलाडी हुन् जसले सन् १९६८ को मेक्सिको ओलम्पिकमा ८०० मिटरमा स्वर्ण पदक जितेकी थिइन् । सो स्पर्धामा सहभागी हुने पहिलो अफ्रिकन अमेरिकन पनि तिनै थिइन् र सो स्पर्धामा उपाधि जित्ने पहिलो अमेरिकी पनि । 

५३ वर्ष पछि अमेरिकाले  यस स्पर्धामा स्वर्ण पदक जित्न सफल भयो । त्यो स्वर्ण पदक तीनै मुको नाममा रह्यो । ५३ वर्ष पछिको त्यो स्वर्ण पदक अफ्रिकन अमेरिकनले  जितिन् । ७३ बर्सिया मिम्स वर्षौँ देखि यसै दिन पर्खिएर बसेको बताउँछिन् । सन् १९६८ मा मिम्सले जित्दा २ मिनेट ०.९ सेकेन्ड समय लगाएकी थिइन् । त्यस समय ओलम्पिक कीर्तिमान समेत मिम्सकै नाममा थियो । अहिले मूले जित्दा १  मिनेट ५५.२१ सेकेन्ड समय लगाएकी थिइन् । मुको यो समय अमेरिकी कीर्तिमान बनेको छ । 

यत्ति मात्र होइन, ओलम्पिक अघि यस वर्ष संसारकै सबैभन्दा छिटो समयमा ४०० मिटर दौडने अमेरिकी पनि मु नै थिइन् । यसका बाबजुद उनी कुनै पनि हालतमा स्वर्ण जित्ने चाहनाका साथै आफ्नो सम्पूर्ण ध्यान ८०० मिटरमा केन्द्रित गरेकी थिइन् । 

सुडानी आप्रवासीको छोरी मुका बाबु आमाको उनी सानो  छदा सम्बन्ध विच्छेद भएको थियो ।  यो पिडादायक बाल्यकालबाट गुज्रँदै उनले आफूलाई परिष्कृत बनाएकी हुन् । 

डालिया मुहमुदले सन् २०१६ मा ४०० मिटर हर्डल्समा स्वर्ण पदक जिते पछि तीन वर्षको अन्तरमा भिन्न सफलता पाएकी थिइन् । त्यो तिन वर्षमा विश्व च्याम्पियन तथा विश्व कीर्तिमान धारी हुने क्रममा मुहमुदले २०१९ मा विश्व कीर्तिमान भङ्ग गरेकी हुन् ।  

२०२० मा आफ्नै कीर्तिमान भङ्ग गर्दै उनले ५२.१० सेकेन्डको विश्व कीर्तिमान राखेकी थिइन् । जब अमेरिकामा कोरोना महामारीको दोस्रो लहरले छोयो मुहमुदलाई पनि यसले छाडेन । कोरोना सङ्क्रमण र ह्यामस्ट्रिङ इन्जुरीका कारण उनी लामो समय ट्र्याकबाट बाहिर रहिन् । उनका समर्थकमा त कतै ती सुपर स्टार अब नदेखिने त होइन भन्ने चिन्ता थियो । सबैको अनुमानलाई गलत साबित गर्दै मे महिनामा उनी फेरी ट्र्याकमा आइन् । जुनमा भएको अमेरिकी ओलम्पिक ट्रायलमा उनी सहभागी भएकी थिइन् । सिड्नी म्याकगलन भन्दा पछि रहँदै उनी ओलम्पिकमा छनोट भइन् । उनको नाममा रहेको कीर्तिमान भने म्याकगलनले त्यसै रेसमा भङ्ग गरेकी थिइन् । 

ओलम्पिकमा दुई स्टार म्याकगलन र मुहमुद दुवै हर्डल्सको फाइनलमा फेरी भेटे । मुहमदले म्याकगलनले राखेको ५१.९० सेकेन्डको समय भन्दा कम समयमा रेस पुरा गरिन् । उनको प्रशिक्षणको योजना मुताबिक ५१.५८ सेकेन्डमा रेस पुरा गर्नै सफल भइन् । तापनि ५१.४७ सेकेन्डमा रेस गर्दै उपाधि म्याकगलनले पहिलो स्थान पाइन् । रेस अफ द ओलम्पिकमा यो रेस पनि रहेको छ । 

अक्पटीक न्युरेटक्सबाट समेत ग्रसित मुहमुदका लागि यस बिचको समय साँच्चै कठिन रहेको थियो । आफ्नै कीर्तिमान गर्दै र्हडल्सको स्वर्ण पदक जित्ने म्याकगलनले १६ वर्षको उमेरमा रियो ओलम्पिकका कास्य पदक जितेकी थिइन् । सोही समय देखि मुहमुद उनको आदर्श थिइन् । तीनै जस्तो हुने आकाङ्क्षा म्याकगलनको पनि थियो । 

सन् २०१६ मा म्याकगलन ओलम्पिकमा छनोट हुनुलाई नै धेरैले आश्चर्यको रूपमा हेरेका थिए । यस पटक कोरोना महामारीले धेरैको जीवन अस्तव्यस्त बने पछि उनलाई पनि प्रशिक्षण गर्न कठिन भई रहेको थियो । ६ ओलम्पिक पदक विजेता ज्याकी जायनर कर्सीका श्रीमान् बबी कर्सीसंग प्रशिक्षण गर्न उनी धेरै टाढाको यात्रा तय गर्न पुगिन् । संयोग भनौँ ,तीनै कर्सी धेरै लामो समय देखि एलीसन फेलीक्समा समेत प्रशिक्षक थिए । 

ओलम्पिक सरे पछि केही समय उनी डिप्रेसनको सिकार पनि भएकी थिइन् । जसरी २०१६ मा म्याकगलनले सबैलाई आश्चर्यमा पारिन्, अहिले उनले पार गरेको समयले सबैलाई आश्चर्यमा पारेको छ । 

हर्डल्समा यो सफलता पाएकी म्याकगलनलाई रिलेमा पनि पहिलो लेगको जिम्मेवारी दिइयो । आफ्ना प्रतिस्पर्धीलाई पछि छाडेर ब्याटन एलीसन फेलीक्सलाई दिए पछि अमेरिकाले कहिल्यै पछि फर्केर हेरेन । 

महिला ४ गुणा  सय मिटरको रिलेको त्यो स्वर्ण जिताउने टोली यस्तो थियो , जसले लामो समय अमेरिकी ट्याकको फिल्डको भिन्न युगको प्रतिनिधित्व गरेको थियो । खेल जीवनको अन्त्यमा आइपुगेकी फेलीक्स, सफल जीवनको सुरुवात गरी रहेकी मु, खेल जीवनको मध्यमा आइपुगेकी मुहमुद र उपाधिको यात्रा सुरु गरेकी मुहमदको यो संयोजन सायद इतिहासले  सधैँ सम्झने स्टारको संयोजन थियो । ट्र्याकमा कुद्न चाहने सवैका लागि प्रेरणादायी व्यक्तिहरूको जमघट पनि ।