२३ आश्विन २०८१, बुधबार
,
Latest
गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी दसैँ अविधमा यस्तो छ मौसम बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो



फाईल फोटो
अ+ अ-

भक्तपुर : भक्तपुरका नेवाः समदायले आज फूलपाती भित्र्याएका छन् । फूलपातीदेखि विजयादशमीसम्मको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइत एवं तालिका अस्वीकार गर्दै भक्तपुरमा आज फूलपाती भित्र्याइएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नो नगर क्षेत्रमा २३ गते फूलपाती, २४ गते महाअष्टमी र २५ गते महानवमी मनाउन आह्वान गर्दै नगरपालिकाले आजैदेखि सार्वजनिक बिदा दिएको थियो । नयाँ तालिकाअनुसार भक्तपुरमा यसवर्षको दसैँको फूलपाती आज बिहान ७ः३४ को शुभसाइतमा गर्ने र दिनभर फूलपाती भित्रयाएपछि घरघरमा मासु भित्र्याउने र साँझ भोज खाने परम्परा छ ।

यहाँका नेवाः सामुदायले आज बिहान ७ः३४ बजेदेखि सप्तमी अर्थात फूलपाती मनाउने, आश्विन २४ गते बिहीबार बिहान ७ः२७ बजेदेखि अष्टमी पूजा गरी कुलछि भोय् गर्ने, आश्विन २५ गते शुक्रबार बिहान ६ः५२ बजेदेखि महानवमी पूजा (स्याक्व् त्याक्व्), (ताँःपूजा) गर्ने र आश्विन २६ गते शनिबार विजयादशमी पूजा गरी टीका ग्रहण गर्ने निर्णय गरेको हो ।

भक्तपुर तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्यलगायत स्थानीय पुजारीहरुले विज्ञप्ती जारी गरी  असोज २३ गते फूलपाती मनाउने निर्णय गरेको थियो । तलेजुका मूल नाइके, पूजारी एवं सरोकारवाला व्यक्तिले उक्त निर्णय सार्वजनिक गरेपछि भक्तपुरकावासीले आज फूलपाती भित्र्याएका हुन् ।

नगरप्रमुख प्रजापतिले भक्तपुर तलेजुका पुजारी एवं तान्त्रिक ज्योतिषहरुको अध्ययनबाट प्राप्त विषयलाई आधार मानेर आज फूलपाती मनाउन आह्वान गरेको बताउनुभयो । स्थानीय व्यासी निवासी एवं पातञ्जल योग समितिका केन्द्रीय अध्यक्ष बालमुकुन्द सुवालले नेवारी परम्पराअनुसार आज फूलपाती भित्र्याएर कुछी भोज सुरु गरेको बताउनुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने विसं २०८१ को दसैँ असोज २४ गते फूलपाती भित्र््याउने शुभसाइत बिहान ७ः११ बजे, असोज २५ गते एकैदिन महाअष्टमी, कालरात्रि र महानवमी तथा असोज २६ गते बिहान ८ः३३ बजे देवी विसर्जन र टीका लगाउने उत्तम साइत ११ः३६ बजे रहेको तालिका समितिले सार्वजनिक गरेको थियो ।

तलेजुलाई दसैँघर भित्र्याइयो  

भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आज फूलपातीको दिनबाट विधिवत् रूपमा बडा दसैं सुरु भएको छ । आज शुभसाइतमा तलेजुलाई मूलघरबाट मूल चोकमा बिराजमान गराई दसैँ घरमा भित्र्याइएको हो ।

राजप्रतिनिधिका रुपमा तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले खड्ग बोकेर अन्यले खड्गलगायतका विभिन्न धार्मक हतियारसहित लामबद्ध भएर विशेष प्रकारको पोसाक र विभिन्न बहुरत्न जडित गहना पहिरिएर तलेजुको मूल मूर्ति १९ जनाले बोकेर तलेजुलाई विधिवत् रूपमा दसैँ घर पु-याइएको हो । आजदेखि विजयादशमीको दिनसम्म तलेजुलाई दसैँ घरमा राखेर पूजा गर्ने परम्परा रहेको जोशीले जानकारी दिनुभयो ।

रातो र सेतो कपडाको विशेष प्रकारको पोसाक, पछ्यौरा र पगरीलगायत तलेजुका पूजारी, नाइकलेलगायतले धार्मिक विधिअनुसार विशेष पूजा गरी तलेजुलाई दसैँ घर लैजाँदा परम्परागत विशेष बाजा बजाइएको थियो ।

विजयादशमीको दिन भने तलेजुलाई विजय यात्रा गरी दसैँ घरबाट मूलघरमा भित्र्याइने मूल नाइके जोशीले जानकारी दिनुभयो । फूलपाती, अष्टमी र नवमीमा गरी तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बली दिइन्छ ।रासस