८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

घरदैलोमा उम्मेदवार, स्थानीयवासीलाई धान काट्ने चटारो

घरदैलोमा उम्मेदवार, स्थानीयवासीलाई धान काट्ने चटारो
अ अ+ अ-

महेन्द्रनगर । दोधारा चादँनी नगरपालिका–१० का दिलबहादुर सुनारले गत वर्ष बेमौसमी बाढी आउँदा धान बाली समेट्न नपाउँदा जेनतेन गुजारा गर्नुभयो । यसवर्ष पनि वर्षाले कतै फेरि जोगबुढाको बाढी पसेर धानबाली नोक्सान गर्छ की भन्ने पिरलोमा रहेका दिलबहादुर धान समेट्दै गर्दा खेतमा भेटिनुभयो ।

पाँच कठ्ठामा लगाएको धान कटाउन छिमेकीलाई समेत सहारा मागिरहनुभएका दिलबहादुर जस्तै अहिले कञ्चनपुरका अधिकांश किसानलाई धान समेट्ने चटारो छ । स्थानीय कौशीलादेवी सुनारले कुतियाकवर बस्ती कटान समस्याबाट मुक्त हुन नसकेको बताउनुभयो । “यहाँ खेतीयोग्य जमिन बर्सेनि जोगबुढा नदीले कटान गर्दै बस्ती समेत जोखिममा छ”, उहाँले भन्नुभयो, “चुनावका बेला खेतमा मत माग्न पुग्नु भन्दा कटान नियन्त्रणमा लागि पहल गरिदिनु प¥यो ।”

“ बिहान नै नास्ता खाएर धान काट्न परिवार नै खेतबारीतिर लाग्नु दैनिकी बनेको छ”, दोधारा चादँनी–४ का जग्गे सुनारले भन्नुभयो, “पोहोर साल धान क्षति हुँदा दीर्घकालीन सहयोग हुने खालका प्याकेज दिने आश्वासनमै बित्यो ।” ५४ वर्षीय सुनार अहिले बस्तीमा विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवार घरदैलोमा आउँदा कुनै उमङ्ग नभएको बताउँनुह्न्छ । “किसानलाई धान समेट्न भ्याइनभ्याइ छ, नेताहरु घरदैलोमा पुगिरहेका छन्”, उहाँले भन्नुभयो,“कतिपय नेता खेतमै मत माग्दै पुगिरहेका पनि छन् ।”

उहाँले किसानलाई जनप्रतिनिधि भएर जानेहरुले कुनै सुविधा दिने चासो नै नदेखाएको गुनासो गर्नुभयो । “ खेती गर्दा न मल पाउँछ नत बालीको उचित मूल्य नै”, उहाँले भन्नुभयो, “सरकारले दिने अनुदान पनि पहुँच भएकाले पाउने त होलान् ।” कञ्चनपुरमा दल र स्वतन्त्र व्यक्तिले चुनावी घरदैलो अभियानलाई तीव्रता बनाएका बेला यहाँका तीन वटै प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमा भने किसान धान काट्न र भित्र्याउन सक्रिय रहेका छन् ।

“केही दिनअघि त महेन्द्रनगरमा एक जना उम्मेदवारले त धान काट्न सहयोग गरिरहेको फोटो पनि हामीले सामाजिक सञ्जालमा हे¥यौंँ”, यहाँको शुक्लाफाँटा नगरपालिका–५ का वीरेन्द्र जोशीले भन्नुभयो, “चुनावका बेला मतदाता रिझाउन अनेक प्रपञ्च गरिँदो रहेछ ।” उहाँले चुनावका बेला रिझाउन आउने भन्दा पनि कृषि, शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासमा पहल गर्ने प्रतिनिधि छनोट जनताले गर्ने बताउनुभयो । “हामी किसान अब चुनावको बेलाका आश्वासन सुनेर हुरुक्क हुने स्थिति छैन्”, उहाँले भन्नुभयो, “कृषिप्रधान मुलुकमा मल र उत्पादन गरेको बस्तुको भाउ नपाउने अवस्था कहाँबाट सिर्जना भयो रु।” उहाँले पनि शुक्लाफाँटा नगरपालिकामा प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार घरदैलो अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

यहाँस्थित कृषि ज्ञान केन्द्रका अधिकृत हरि जोशीले जिल्लामा अनुमानित ६० प्रतिशत धान कटाइ सकिएको बताउनुभयो । उहाँले केही समयअघि यहाँ आएको वर्षाले धानबालीमा नोक्सानी पु¥याएको विवरण पेस गर्न स्थानीय पालिकालाई पत्राचार गरेको जानकारी दिनुभयो । कञ्चनपुरमा कूल ४८ हजार चार सय ९४ हेक्टर क्षेत्रफलमा धानीखेती हँुदै आएको छ । “डुबानलगायतका समस्याले वर्षा हु्ँदा पाँच देखि १० प्रतिशत धानबालीमा नोक्सान पु¥याएको भन्ने अनुमान छ”, जोशीले भन्नुभयो, “पालिकाहरुबाट एकीन विवरण आउन बाँकी छ ।”

कञ्चनपुरबाट राष्ट्रिय राजनीतिमा परिचय बनाउनुभएका पुर्वमन्त्रीत्रय रमेश लेखक, नारायण प्रकाश साउँद र वीना मगर गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसैगरी नेकपा एमालेका तर्फबाट पुर्व सांसदहरु निरुदेवी पाल, नरबहादुर धामी र प्रदेशसभाका पुर्वमन्त्री तारा लामा तामाङ चुनावी मैदानमा हुनुहुन्छ ।