१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

प्रहरीको जिम्मेवारीलाई त्रुटीरहीत बनाउन महानिरीक्षक सिंहको निर्देशन(भिडीयोसहित)

प्रहरीको जिम्मेवारीलाई त्रुटीरहीत बनाउन महानिरीक्षक सिंहको निर्देशन(भिडीयोसहित)
अ अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जिम्मेवारीलाई निष्पक्ष र त्रुटीरहित तवरले सम्पन्न गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।

आईतवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभुत तालिम १–१८१ औँ समूहको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी चुनावमा प्रहरीले पाएको जिम्मेवारीलाई निष्पक्ष र त्रुटीरहित तवरले सम्पन्न गर्न निर्देशन दिनुभएको हो । उहाँले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्नु प्रहरीको जिम्मेवारी भएको बताउनु भयो । उहाँले प्रहरीलाई कानूनको परिधिभित्र रही अपराध अनुसन्धान र कानून कार्यान्वयनमा कठोरता अपनाउन निर्देशन दिनुभयो । उहाँले गैरकानूनी तथा अपराधिक क्रियाकलापबिरुद्ध निर्मम हुन पनि निर्देशन दिनुभएको छ ।

उहाँले भन्नुभयो – ‘कानूनले निर्दिष्ट गरेको परिधिभित्र रही अपराध अनुसन्धान र कानून कार्यान्वयनमा कठोरता अपनाउन म निर्देशन गर्न चाहन्छु । गैरकानूनी तथा अपराधिक क्रियाकलापबिरुद्ध थप निर्मम हुन पनि निर्देशन गर्न चाहन्छु । तपाईले कर्तव्य निर्वाहको क्रममा असल नियतले गरेका हर कानूनसम्मत निर्णयमा संगठन तपाईका पक्षमा उभिनेछ । यसका लागि म प्रतिवद्धता पनि व्यक्त गर्दछु । तपाईले कार्यक्षेत्रमा पाइला राख्दै गर्दा मुलुक निर्वाचनमय भइसकेको छ । निष्पक्ष, शान्तिपूर्ण, भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपाल सरकारले नेपाल प्रहरीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पेको छ । तपाईहरु वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा खटिने मौका प्राप्त गरिसक्नुभएको छ । आगामी निर्वाचनमा पनि आफूलाई प्राप्त जिम्मेवारीलाई निष्पक्ष, त्रुटीरहित तवरले सम्पन्न गर्न यसै अवसरमा निर्देशन गर्न चाहन्छु ।’

उहाँले ‘चेन अफ कमाण्ड’ नेपाल प्रहरीले अवलम्वन गर्दै आएको व्यवसायिक संस्कृति भएको उल्लेख गर्दै यसको परिधिभन्दा बाहिर नजान आग्रह गर्नुभयो । यस संस्कृतिको प्रवद्र्धन गरी अक्षुण राख्नु सबैको कर्तव्य भएको उहाँले उल्लेख गर्नुभयो । महानिरीक्षक सिंहले चेन अफ कमाण्ड बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पनाप्रति संगठन कठोर हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘नेतृत्व विकास प्रहरी निरिक्षक तालिमको अभिन्न अंग हो । यो तालिमले तपाईलाई नेतृत्व क्षमतालाई अभिवृद्धि गरी कठिन समयमा उपयुक्त निर्णय लिने मात्र नभई आफू मातहतका दर्जालाई उत्प्रेरित गरी तोकिएको जिम्मेवारी सम्पन्न गर्ने क्षमता प्रदान गरेको मैले विश्वास गरेको छु । चेन अफ कमाण्ड नेपाल प्रहरीले अवलम्वन गर्दै आएको महत्वपूर्ण प्रोफेशनल कल्चर हो । हाम्रा हरेक कार्यशैली यसको परिधिभन्दा बाहिर जान सक्दैनन् । यो कल्चरको प्रवद्र्धन गरी अक्षुण राख्नु हामी सबैको कर्तव्य हो । चेन अफ कमाण्ड बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पनाप्रति संगठन कठोर छ । व्यवसायिकता, उत्कृष्टता, निष्ठा र इमान्दारीको उच्चतम स्तर कायम गरी कार्यक्षेत्रमा आफूलाई प्रश्तुत गर्न म निर्देशन गर्न चाहन्छु ।’

उहाँले प्रविधिजन्य समस्याहरु समाधानका लागि प्रविधिमैत्री र प्रविधिको विकासप्रति अद्यावधिक हुन आग्रह गर्नुभयो । उहाँले साइबर क्राइम, क्रिप्टो करेन्सी लगायत आर्थिक अपराधहरु बढेको भन्दै त्यसप्रति सचेत रहन पनि निर्देशन गर्नुभयो । अपराधहरुमा संलग्न व्यक्तिको पहिचान, त्यसको प्रभाव, पीडितको पहिचान, अन्तरनिकाय समन्वय, पीडितलाई क्षतिपूर्ति, पीडकलाई कारबाही गर्ने दायित्व वहन गर्न उहाँले प्रहरीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘विकसित समयक्रमसँगै भित्रिएका प्रविधिजन्य समस्यालाई प्रविधिकै माध्यमबाट मात्रै निवारण गर्न सकिन्छ । यो तालिमले तपाईलाई प्रविधिका प्रयोगका लागि योग्य त बनाएकै छ, भविष्यमा पनि आफूलाई प्रविधिमैत्री र प्रविधिको विकासप्रति अद्यावधिक बनाएर प्रविधिले सिर्जना गरेका चुनौतीलाई सामना गर्न सक्षम बनि त्यसका लागि पनि तयार रहन म निर्देशन गर्न चाहन्छु । अपराधको किसिम, अपराध गर्ने तौरतरिका, प्रवृत्तिमा आमुल परिवर्तन आइसकेको छ ।’

‘साइबर क्राइम, क्रिप्टो करेन्सी लगायत आर्थिक अपराधहरु, संगठित एवं अन्तरदेशिय अपराधका बारेमा तपाईले तालिमका दौरान अध्ययन गरिसक्नुभएको छ । अब कार्यक्षेत्रमा ती अपराधहरुमा संलग्न व्यक्तिको पहिचान, त्यसको प्रभाव, कतिपय अवस्थामा पीडितको पहिचान, अन्तरनिकाय समन्वय, पीडितलाई क्षतिपूर्ति, पीडकलाई कारबाही गर्ने दायित्व तपाईले वहन गर्नुहुनेछ । भर्चुअल वल्र्ड भित्र पसेर गर्नुपर्ने यस्ता अनुसन्धान निश्चय नै चुनौतीपूर्ण छन् । त्यसैले तपाईको वास्तविक क्षमताको पहिचान पनि गर्नेछ ।’

‘देश, विदेशमा विकसित घटनाक्रमलाई विश्लेषण गरी आफ्नो कर्तव्य पालनका क्रममा आउनसक्ने चुनौतीलाई बेलैमा पहिचान गरी भरपुर तयारीमार्फत त्यसको प्रभावलाई निस्तेज एवं न्यूनिकरण गर्न सक्ने सवल प्रहरी आजको आवश्यकता हो । यसै आवश्यकता अनुरुप आफूलाई परिमार्जन गर्न पनि निर्देशन गर्न चाहन्छु ।’

उहाँले प्रहरीले नागरिकको जायज र कानूनसम्मत अपेक्षा पूरा गर्नेगरी काम गर्नुपर्ने बताउनु भयो । प्रहरीप्रतिको नकारात्मक धारणा हटाउने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो ।