५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

नेपाली बजारमा सुनचाँदीको अभाव, दशैँपछि दैनिक ३५ केजीसम्म सुन कारोबार

नेपाली बजारमा सुनचाँदीको अभाव, दशैँपछि दैनिक ३५ केजीसम्म सुन कारोबार
अ+ अ-

काठमाडौँ । विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ ।

तिज लागेसँगै दशै, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरेपनि अभाव देखिएको हो । अहिले पनि बजारमा सुनचाँदीको माग उच्च रहेको छ । तर सुनचाँदी व्यवसायीहरुले ग्राहकहरुको माग अनुसार सुनका गहरगहनाहरु दिन नसकेको व्यापारीहरु बताउँछन् ।

उनीहरुले नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरुको गुनासो छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार चलायमान हुने समयमा बजारमा सुनचाँदीको अभाव भएकाले व्यवसायीहरु मारमा रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष शाक्यले बजारमा सुनचाँदीका गहरगहना बनाउने कच्चा पदार्थ अभाव रहेकाले ग्राहकहरुको माग अनुसार बजारमा सुनचाँदी दिनसक्ने अवस्था नभएको बताउनु भयो ।

उहाँले गत ६ महिनादेखि सरकारले विदेशी मुद्रा सञ्चितिको कमि भएको भन्दै सुन आयातमा कटौती गर्दा व्यवसायीहरु मारमा परेको गुनासो गर्नुभयो । अध्यक्ष शाक्यले तिहारको विशेष गरेर धनतेरसको दिन ५० केजीसम्म सुनका गहनाहरु बिक्री हुने बताउनु भयो । अध्यक्ष शाक्यले दशैँपछि दैनिक ३० देखि ३५ केजीको हाराहारीमा सुनको कारोबार भइरहेको बताउनु भयो । उहाँले धनतेरसको दिन ४० देखि ५० केजीसम्म सुनको कारोबार हुने विश्वास रहेको बताउनु भयो । शाक्यले सुनको आपूर्ति गर्नमा समस्या भएका कारण यसको आपूर्ति बढाउन सरकारसँग माग राखेपनि चासो नदिएको गुनासो गर्नुभयो । अध्यक्ष शाक्यले सरकारले तत्काल सुनचाँदी आयातमा गरिएको कोटा कटौती नबढाए बजारमा विकृति बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘चाडपर्वहरु एकपछि अर्को आएता पनि सुनचाँदीको कारोबार बढ्ने समयमा व्यवसायीहरु मारमा रहेका छन् । सुनचाँदीका गरहगहना बनाउने कच्चा पदार्थको अभाव भइरहेको छ । सरकारले विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै गत वैशाखदेखि सुन आयातमा कटौती गरेको छ । पहिला २० देखि २५ केजी सुन आयात भइरहेको थियो । अहिले १० केजी सुन मात्रै आयात भइरहेको छ ।

तिजपछि सुनचाँदी बजारमा चहलपहल बढ्ने गर्छ । विभिन्न धार्मिक परम्परागत अनुसार नेपालमा सुनचाँदीको ठूलो महत्व रहेको छ । तिहारमा नेपालीहरुको आफ्नो गक्ष अनुसार सुन चाँदीका गहना र धातुका भाडाहरु किन्ने गर्छन् । अहिले मुलुक भर दैनिक ३५ केजी सुनको माग रहेको छ । तर दैनिक १० किलो मात्रै आयात भइरहेको छ । चाडपर्वमा ग्राहकहरुको मागलाई पूर्ति गर्नको लागि बजारमा सुनको अभाव भएर व्यवसायीहरु मारमा परेका छन् । सरकारले तत्कालै सुन आयातको कोटा बनाउन सकेन भने बजारमा सुनको तस्करी बढ्ने,बजारलाई विकृतितिर लैजाने देखिन्छ ।’

अध्यक्ष शाक्ले धार्मिक परम्परागत रुपमा मानिसहरुले आफूलाई धनको कमी नहोस् भनेर तिहारको पहिलो दिन धनतेरसको दिन सुनचाँदीका गहरगहना राखेर लक्ष्मीको पुजा गर्ने प्रचलन रहेको बताउनु भयो । उहाँले धार्मिक आस्था अनुसार मानिसहरुको धनको रुपमा सुन,चाँदीका विभिन्न सामग्रीहरुको बिक्री गर्ने र विशेष गरेर धनतेरसको दिन किन्दा वर्षभर नै धनको कमी नहुने र घरमा लक्ष्मीको वास स्थिर हुने विश्वास रहेको बताउनु भयो । उहाँले धनधान्यकी देवी लक्ष्मी मातालाई सेतो धातु मनपर्ने भएकाले विशेष गरेर यो दिन धनतेरसको दिन सुनभन्दा चाँदीमा बढी बिक्री हुने बताउनु भयो । उहाँले अहिले दैनिक २ सयदेखि ३ सय किलासम्म चाँदीको कारोबार भइरहेको बताउँदै १ हजार किलोसम्म कारोबार हुने बताउनु भयो । उहाँले यस वर्ष विगतको तुलनामा कारोबार भने कम हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपालीहरुको दोस्रो महान पर्व तिहारको यमपञ्चकको दिनदेखि पाँच दिनसम्म श्रद्धाका साथ धनको पूजा गरिन्छ । पुजा गर्ने क्रममा घरमा भएका धनका विभिन्न साधनहरुलाई पूजा गर्ने चलन रहेको छ । सबैको चाहन जीवन समृद्ध होस् । धनको कमी नहोस् । त्यसैको प्रतिक स्वरुपमा लक्ष्मी पूजाको दिन लक्ष्मीको पूजा गरिन्छ । यो नेपालीहरुको धार्मिक परम्परगत रुपमा हजारौंँ वर्षदेखि चल्दै आएको प्रचलन हो । सुनले सबै मानवलाई सधैँ आकर्षण गरेको छ ।

धार्मिक आस्था अनुसार मानिसहरुको धन प्रतिको लगावका कारण धनको रुपमा सुन,चाँदीका विभिन्न सामग्रीहरुको बिक्री गर्ने र विशेष गरेर धनतेरसको दिन किन्दा वर्षभर नै धनको कमी नहुने र घरमा लक्ष्मीको वास स्थिर हुने विश्वास छ । सुन,चाँदीको सामान १० दिन अगाडि अडर गर्ने र धनतेरसको दिन किन्न आउने गरेका छन् । धनतेरसको दिन अन्य वर्षभर हुने जस्तो भन्दा धेरै सुन चाँदीको कारोबार हुन्छ । सुन चाँदीको गहरगहना किन्ने मानिसहरुको सुन पसलहरुमा भीड लाग्ने गर्छ । व्यापार पनि धनतेरसको दिन नै सबै भन्दा बढी हुन्छ । विगतका धनतेरशका दिन हुने गहरगहनाको बिक्री यो वर्ष कम हुने देखिएको छ । अहिले दैनिक ३५ केजीसम्म सुनको कारोबार भइरहेको छ । धनतेरसको दिन ५० केजी सुन कारोबार हुन्छ । चाँदीको अन्य दिनमा ३०० केजी गहना बिक्री हुने गरेकोमा धनतेरसको दिन १ हजार केजी चाँदीको गहना र भाँडाकुँडा बिक्री हुन्छ ।’

सुनचाँदीको कारोबार तिहारको पहिलो दिन धनतेरसमा सबैभन्दा बढी कारोबार हुने गरेको छ । सुनचाँदीको सामान १० दिन अगाडि अर्डर गर्ने र धनतेरशको दिन किन्ने गर्दछन् । धनतेरसको दिन अन्य वर्षभर हुने जस्तो भन्दा धेरै सुनचाँदीको कारोबार हुन्छ । सुनचाँदीको गहरगहना किन्ने मानिसहरुको सुन पसलहरुमा भीड लाग्ने गर्छ । व्यापार पनि धनतेरसको दिन नै सबैभन्दा बढी हुन्छ । पछिल्लो समय नेपाली बजारमा तरलता अभाव भएको भन्दै नेपालीहरुसँग नगद अभाव भएको भनिए पनि बजारमा लाखौंको कारोबार भने भइरहेको छ ।