२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवस्था फेरिन नसकेको सिंहदरबार (फोटोफिचर)



अ+ अ-

हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिरहेका छन् तर अवस्था उही छ । बाहिर चिटिक्क सिंगारिए पनि सिंहदरबार भित्रका दृश्यहरु फेरिन सकेका छैनन् । न काम गर्ने शैली फेरिएको छ, न त त्यसको इतिहास बचाउन कसैको ध्यान पुगेको नै छ ।

वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएका संरचनाहरुको अझै पुनःनिर्माण राम्रोसँग सकिएको छैन । नेपालको इतिहास झल्काउने राजामहाराजाको फोटो, सालिक, मूर्तीहरु फालिएको अवस्थामा छन् । केही ठाउँमा पानी चुहिएर अवस्था बेहाल छ । गृह मन्त्रालयले यसको संरक्षण दायित्व लिएको छ भने सिंहदरबारलाई सफा राख्ने काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको छ । सिंहदरबार पुनर्निर्माण आयोजनाले यहाँ भवन बनाउने काम गर्छ । तर आश्चर्य यी तीन निकायबीच समन्वय हुन नसक्दा पुनःनिर्माणले गति लिन सकेको छैन ।

सिंहदरबार भित्र जो कोही सर्वसाधारण जनता पस्न पाउँदैन । पावर र पास बिना सिंहदरबार छिर्ने कल्पनासमेत गर्न सकिँदैन । अधिकांश सर्वसाधारण जनताले सिंहदरबार कस्तो छ भन्नेकुरा पत्तै पाएका छैनन् । प्रधानमन्त्री, मन्त्रीहरुको कार्यालय रहेको ठाउँ आम सर्वसाधारणको नजरमा सुविधासम्पन्न र नमूना होला भन्ने लाग्छ नै । तर सोचजस्तो छैन सिंहदरबार । त्यहाँ भित्रका दृश्यहरु अव्यवस्थित छन् । सडकको नजिक खाल्डो, फोहोरको थुप्रो, पोखरीहरुमा पोहोर, कुकुरका हुल जताततै देख्न सकिन्छ । नयाँ, पुराना सवारीसाधन त्यत्तिकै बेवारिसे फालिएको छ, कार्यालय वरपर झाडीले ढाकेको छ तर सफा गर्न कोही अघि सर्दैनन् ।

मन नै कटक्क खाने नयाँ र पुराना बहुमूल्य सवारीसाधनहरु त्यत्तिकै मिल्काइएको छ । यो बहुमूल्य सम्पदा जोगाउने एजेण्डा कोहीसँग छैन । सडक सम्याउने, बढार्नेमा केन्द्रित सरोकारवालाहरु सिंहदरबारको मुटु जोगाउने एजेण्डामा बेखबर छन् । यसतर्फ कसैको ध्यान नजाने हो भने इतिहासको एउटा पाटो समाप्त हुनबाट कसैले रोक्नेछैन । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका यी दृश्यहरु ।

भुकम्पले भत्काएको पर्खाल ।
गृह मन्त्रालय अगाडिको झाडी ।
अलपत्र र विग्रेको अवस्थामा ट्राफिक बोर्ड ।
बगैचामा सुकेर मरेको धुपी ।
बगैचामा भत्काएर अलपत्र छोडिएको संरचना ।
फोहोर पोखरी ।
सडकमै सुतेका कुकुर ।
सिंहदरवारको पुर्वी ढोका नजिक सडक किनारामा खनेर छोडिएको खाडल ।
पुरानो संसद भवनमा राखिएको खतराको बोर्ड ।
एक क्याण्टिन अगाडि राखिएको पुराना कागजात ।
पार्किङमा पुराना मोटरसाइकल र फोहोरको डंगुर ।
कानून मन्त्रालय अगाडि पार्किङमा फोहोर ।
फुटपाथको बाटोमा भुमिगत विद्युतीय तार र ट्राफिकको बोर्डलगायत अवरोध ।
पुराना सरसामान र गाडी ।
गृह मन्त्रालयको पुरानो भवनअगाडिको सडक ।




भर्खरै