२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ

प्रधान सेनापतिको कार्यभार बुझबुझारथ सम्पन्न

प्रधान सेनापतिको कार्यभार बुझबुझारथ सम्पन्न
अ अ+ अ-

काठमाडौं । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई आज सोमबार जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच बुझबुझारथ गर्नुभएको छ ।

प्रधान सेनापति थापाले आफ्नो ४१ वर्ष लामो सैनिक सेवा एवं प्रधान सेनापतिको ३ वर्षे कार्यकाल  भाद्र २४ गते पुरा हुनु भन्दा पहिला एक महिना घर विदा बस्ने प्रचलन अनुरुप मिति श्रावण २६ गतेबाट घर बिदा बस्नुहुने भएकोले उहाँले सम्हाली आउनुभएको प्रधान सेनापतिको कार्यभार शर्मालाई प्रदान गर्नुभएको हो । 

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७८ श्रावण २६ गतेबाट कायममुकायम प्रधान सेनापति सम्हाल्ने अख्तियारी प्राप्त गर्नु भएका शर्माले जंगी अड्‍डामा बुझबुझारथ गर्नुभएको हो ।

नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, निमित्त रक्षा सचिवलगायत रथीबृन्द, अधिकृत, पदिक तथा सकलदर्जाहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्‍नुहुँदै प्रधान सेनापति महारथी थापाले नेपाली सेनाले बलाधिकृत रथी प्रभुराम शर्माको रुपमा एक अनुभवी र क्षमतावान नेतृत्व प्राप्त गर्न लागेकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा नेपाली सेना थप पेशेवार हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

यस्तै बलाधिकृत रथी शर्माले पनि नेतृत्व हस्तान्तरणको प्रकृयालाई अत्यन्तै व्यवस्थित र सहजिकरण गरिदिनु भएकोमा प्रधान सेनापतिज्यूमा आभार व्यक्त गर्दै सैनिक संगठनमा सामुहिक भावना नै सर्वोपरि रहेको र यसका लागि तालिमको महत्व रहेको चर्चा गर्दै विगतका उपलब्धिहरुलाई संस्थागत गर्दै सुधारका विषयहरुलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

यस अघि नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी थापाले पद्धति र प्रणालीहरुको सुदृढीकरणमा सबैको योगदान हुनु पर्ने तथा नेपाली सेनाका सकल दर्जाले सिपाहीको विशिष्ट चरित्रलाई सदैव कायम राख्नु पर्ने कुरामा जोड दिनुभएको थियो । 

उक्त कार्यक्रम पश्‍चात पूर्व प्रधान सेनापतिहरुद्वारा जंगी अड्‍डा परिसरमा वृक्षारोपण समेत गर्नु भएको थियो भने उक्त बुझबुझारथ कार्यक्रमको पूर्व सन्ध्यामा मिति २०७८ श्रावण २४ गते जंगी अड्‍डा परिसरमा रात्रीभोजको आयोजना समेत गरिएको थियो ।

साथै, प्रधान सेनापति महारथी थापाले वीरगति प्राप्त सकलदर्जाको सम्मानमा वीर स्मारक, छाउनी तथा श्री सैनिक मञ्‍च, टुंडिखेलमा श्रद्धाञ्‍जली समेत अर्पण गर्नु भएको थियो ।