२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसी र एम्बाप्पे चम्किँदा गोलमा पिएसजीको जित



अ+ अ-

एजेन्सी । फ्रान्सेली फुटबल लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ ।

खशुक्रबार राति भएको खेलमा शीर्षस्थानको पिएसजीले एसी एजासियोलाई उसकै मैदानमा ३–० गोलले पराजित गरेको हो ।

पिएसजीको जितमा किलियन एम्बाप्पेले दुई तथा लियोनल मेसीले एक गोल गरे । मेसीले दुई असिस्ट गर्दा एमबाप्पेले एक असिस्ट दिलाए ।

खेलको २४औं मिनेटमा एम्बाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो ।

७८औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै, ८२ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई ३–० को सहज जित दिलाए ।

जितसँगै अपराजित रहेको पिएसजी १२ खेलबाट ३२ अंकसहित शीर्ष स्थानमा रहेको छ । पराजित एजासियो ८ अंक जोडेर १८औं स्थानमा छ ।