२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेलमा समुहमा विद्रोह, किन चल्यो बैठकमै सवाल जवाफ



file
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डाकेको बैठकमा महामन्त्री शशांङ कोइरालाले काउन्टर दिएका छन् । पौडेलले नयाँ कार्यतालिका भन्दा विशेष महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने प्रस्ताव राखेपचि महामन्त्री कोइराला त्यसको विपक्षमा उम्भिएका थिए । 

सोमबारबाट काठमाडौं सुरु भएको संस्थापन इत्तर पक्षका जिल्ला सभापतिहरूको बैठकमा  महामन्त्री कोइराला नेता पौडेल राखेको प्रस्तावको त्यसको विपक्षमा उम्भिएका हुन् । 

जिल्ला सभापतिहरूले पौडेलको प्रस्तावमाथि समर्थन जनाउने संकेत दिएपनि महामन्त्री कोइराला भने विशेष महाधिवेशनको विपक्षमा छन् । आजको बैठकमा पनि पौडेलले र शशांकले महाधिवेशनका विषयमा फरक मत राखेका थिए ।

पौडेलले विशेष महाधिवेशनमा जोड दिँदा शशांकले मंसिरमा महाधिवेशन गर्नु उपयुक्त हुने तर्क राखेका थिए । पौडेलले कुन आधारमा मंसिरमा महाधिवेशन सार्नुपर्ने धारणा राखेको भनेर शशांकलाई प्रश्न गरेका थिए । 

जवाफमा उनले समय अभाव, कोरोना महामारी, बर्षा याम र आसन्न चाड पर्वलाई मध्यनजर गरी मंसिरमा महाधिवेशन गर्न उपयुक्त हुने आफ्नो राय रहेको सुनाएका थिए । तर पौडेलले भदौ २३ उता महाधिवेशन सार्ने कुराले पार्टीमाथि संवैधानिक संकट खडा हुने चेतावनी दिए ।

पौडेलले पार्टीको संवैधानिक संकटको विषय उठाइरहँदा शशांकले व्यवहारिक र वास्तविकता बुझेर अगाडि जानुपर्नेमा जोड दिए ।