२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ

प्रधानसेनापति थापाले गरे यस्तो खुलासा, अरुले सिक्लान त यस्तो पाठ

प्रधानसेनापति थापाले गरे यस्तो खुलासा, अरुले सिक्लान त यस्तो पाठ
अ अ+ अ-

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले बेँसीशहर नगरपालिका–२ बगाले गाउँमा निर्माण भएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गर्नुभएको छ । 

प्रधानसेनापति थापाले आज नेपाली सेनाको कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषद्वारा निर्माण गरिएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गर्दै उहाँले आधुनिक र वैज्ञानिक कृषि विस्तार गरी देशको अर्थतन्त्रमा योगदान दिन कृषि विज्ञान संस्थानको स्थापना गरिएको बताउनुभयो । 

प्रधानसेनापति थापाले अवकाशपछि नेपाली सेनालाई कृषि तथा पशुपालनमा दक्ष बनाएर गाउँघरमै परिवारसँग बसेर स्वरोजगार बन्न कृषि विज्ञान संस्थानले सीप सिकाएर पठाउने बताउनुभयो । प्रधानसेनापति थापाले त्रिभुवन विश्व विद्यालयको मापदण्डअनुसार विएस्सी एजी सञ्चालन गरिने र त्यसमा सैनिकका छोराछोरी तथा सर्वसाधरण नागरिकका छोराछोरीले पनि पढ्ने अवसर पाउने भएकाले आधुनिक नेपाल निर्माण गर्ने जनशक्ति उत्पादन हुने बताउनुभयो । उहाँले कृषिमा लमजुङलाई ‘हव’ बनाउन कलेजले महत्वपूर्ण भूमिका निभाउने बताउनुभयो ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा क्षेत्रमा लगानीअनुसार प्रतिफल प्राप्त नभइरहेका बेला नेपाली सेना कृषि विज्ञान संस्थानबाट उत्पादन हुने जनशक्तिले कृषिको व्यावसायिकीकरण र आधुनिकीकरणमा महत्वपूर्ण योगदान दिने बताउनुभयो । 

कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीतिमा खाद्य सुरक्षा उल्लेख भएकाले कृषि तथा पशुपालनमा दक्ष जनशक्ति उत्पादन भई त्यसबाट प्राप्त हुने सीपले नेपाली सेना अवकाशपछि विदेशमा गएर दुःख गर्नुपर्ने अवस्था नआउने बताउनुभयो । 

अहिलेसम्म नेपाली सेनाका सक्कल दर्जा र हितधिकारी गरी १२० ले प्रि–डिप्लोमा, प्लान्ट साइन्स र एनिमल साइन्सको तालीम लिइरहेका छन् भने आगामी शैक्षिकशत्रदेखि विएस्सी एजीको अध्ययन हुने सहायक प्रिन्सिपल विनोद घिमिरेले जानकारी दिनुभयो । बेँसीशहर नगरपालिकका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, श्रीजङ्ग गणका गणपति जयराम थापा, प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीलगायत उपस्थिति थियो । 

उक्त कोषबाट भ्याट बाहेक रु १३ करोड लगानीमा उक्त संस्थानको संरचना निर्माण भएको छ । करिब ४०० रोपनी क्षेत्रफल रहेको नेपाली सेना कृषि विज्ञान संस्थानको जग्गामध्ये २० प्रतिशतमा भौतिक पूर्वाधार, ५० प्रतिशतमा कृषि र ३० प्रतिशत क्षेत्रफलमा पशुपालन हुने भएको छ । नेपाली सेना कृषि विज्ञान संस्थानमा हाल यहाँ बङ्गुर, गाइ, कुखुरा, बाख्रापालन गरिएको छ भने कागती, कफी, चियापती, तरकारी खेतीलगायत कार्यक्रम अघि बढाइएको छ । नेपाली सेनाले यसरी तालिम केन्द्र हुँदै विएस्सी एजीसम्मको अध्ययन हुने नेपाली सेना कृषि विज्ञान संस्थान सञ्चालन गरेको नेपालकै पहिलो हो ।  

विसं २०७५ वैशाखदेखि भौतिक पूर्वाधार निर्माण शुरु भएको थियो । प्रशासनिक भवन, १४ जना अट्ने शिक्षक क्वाटर, ल्याब, लाइबेरी, छात्राका लागि होस्टेललगायत संरचना निर्माण सम्पन्न भएको छ । निर्माणको जिम्मा वुद्ध कन्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले लिएको थियो ।