१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

टी–२० विश्वकपः स्कटल्यान्डलाई हराउँदै जिम्बावे सुपर १२ मा पुग्यो

टी–२० विश्वकपः स्कटल्यान्डलाई हराउँदै जिम्बावे सुपर १२ मा पुग्यो
अ अ+ अ-

एजेन्सी । जिम्बावेले ट्वान्टी–२० विश्वकपको सुपर–१२ मा स्थान बनाएको छ । प्रारम्भिक चरणको समूह ‘बी’ को खेलमा शुक्रबार स्कटल्यान्डलाई पाँच विकेटले हराउँदै जिम्बावे सुपर १२ पुग्ने चौथो अन्तिम टिम बनेको हो ।

जितका लागि १ सय ३३ रन पछ्याएको जिम्बावेले नौ बलको खेल बाँकी छँदा पाँच विकेट गुमाएर विजयी रन बनायो ।

कप्तान क्रेग एरभिनले ५४ बलमा ५८ रन बनाए । उनले छ चौका प्रहार गरे । त्यस्तै लयमा रहेका सिकन्दर राजाले २३ बलमा ४० रन जोडे । उनले तीन चौका र दुई छक्का प्रहार गरे । यस जितसँगै जिम्बावे आफ्नो समूहको विजेता पनि बनेको छ ।

त्यस अगाडि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले छ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । जर्ज मुन्सीले सर्वाधिक ५४ रन बनाए । उनले ५१ बलको सामना गरेर सात चौका प्रहार गरे । त्यस बाहेक म्याकलम म्याकलोडले २६ बलमा २५ रन जोडे ।

अब शनिबारदेखि सुपर–१२ चरणका खेल सुरु हुनेछन् । प्रारम्भिक चरणबाट जिम्बावेसँगै श्रीलंका, नेदरल्यान्ड्स र आयरल्यान्ड सुपर–१२ मा स्थान बनाउन सफल रहे ।