२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ

नयाँ घर पाएपछि वादी समुदायमा खुसी

नयाँ घर पाएपछि वादी समुदायमा खुसी
अ अ+ अ-

अर्घाखाँची । वर्षौंदेखि खोला किनारको जङ्गलमा छाप्रोमुनि बस्दै आएका सन्धिखर्क–२ भद्रीखोलाकी लक्ष्मी वादीले नयाँ घर पाएपछि दङ्ग देखिएका छन् । 

विगत ३५ वर्षदेखि जङ्गलमा छाप्रोमुनि बस्दै आउनुभएकी उहाँ सुविधा सम्पन्न घरमा बस्न पाएपछि औधी खुसी भएका हुन् । “वर्षामा भेल छाप्रोभित्र पस्दा भत्किएर सधैँ दुःख पाउँथेँ,” उहाँले भन्नुभयो, “अब छाप्रो जलेर खुला आकासमुनि बस्नुपर्ने बाध्यता पनि टर्ने भो ।” दिनभरि खोलामा गिट्टी र बालुवा चालेर परिवार पाल्दै आउनुभएका उहाँले लुम्बिनी प्रदेश सरकारको जनता आवास कार्यक्रमअन्तर्गत दुईकोठे घर पाउनुभएको हो । 

खोला किनारको जङ्गलको छाप्रोबाट उहाँ पक्की घरमा सर्दै हुनुहुन्छ । मजदुरी र बालुवा चालेर गुजारा चलाएको उहाँले बताउनुभयो । “मजदुरीको पैसाले बिहान बेलुका छाक टार्न मात्रै पुग्छ,” उहाँले भन्नुभयो, “घडेरी किन्ने उपाय थिएन । खोला किनारमा बस्दा बर्खामा भेलले घर बगाइदिने, हिउँदमा डढेलोले घर जल्ने गर्दा साह्रै दुःख भएको थियो ।” घडेरीसँगै नयाँ घर पाएपछि बल्ल गरिबको सरकार आएजस्तो भएको उहाँको भनाइ छ । 

त्यस्तै बाहिरबाट बाँसको चिमले बारेर स्याउलाको छानोमुनि वर्षौंदेखि बस्दै आउनुभएका मधु वादीले भन्नुभयो, “धेरै समय खुला ठाउँमा बस्यौँ । बर्खामा छाप्रोभित्र भेल पसेर ओछ्यान र कपडा निथ्रुक्क भिज्ने र अन्नपात बगाउने जस्ता समस्या थियो । नयाँ घर पाएपछि बल्ल घरधनी भएको महसुस भएको छ ।” उहाँले नयाँ घर पाएपछि हामी औधि खुसी भएका छौँ भन्नुभयो । 

लक्ष्मी र मधु मात्रै होइन, सन्धिखर्क–२ चुत्राबँेसीमा विगत लामो समयदेखि छाप्रोमुनि बस्दै आएका वादी समुदायका ११ र दलित समुदायका दुई गरी १३ घरपरिवारले घडेरीसहित नयाँ घर पाएका छन् । सन्धिखर्क नगरपालिकाले रु १० लाख ९९ हजार नौ सयमा भद्रीखोलामा दुई रोपनी चार आना एक दाम जग्गा खरिद गरेको र लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत सो जग्गामा रु ४३ लाख  ६८ हजार खर्चेर १३ वटा घर निर्माण भएको प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले बताउनुभयो  ।  

लामो समयदेखि कष्टकर जीवन बिताउन बाध्य भएका वादी समुदायको समस्या हल गर्न पाउँदा आफूलाई निकै खुसी र आनन्दको अनुभूति भएको नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले बताउनुभयो । स्थानीय वडा समिति र नगरपालिकाको कार्यपालिकाको बैठकको निर्णयानुसार अत्यन्तै कष्टकर जीवन बिताएका बादी समुदायलाई घर बनाइदिने आफूहरुको चुनावी प्रतिबद्धताअनुसार उक्त घर निर्माण भएको सन्धिखर्क नगरपालिका–२ का वडाध्यक्ष मोतिजङ्ग रायमाझीले बताउनुभयो ।