१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

शान्ति समाजको साहित्य आराधन अभियान: स्रष्टाहरु सम्मानित

शान्ति समाजको साहित्य आराधन अभियान: स्रष्टाहरु सम्मानित
अ अ+ अ-

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजद्वारा साहित्य आराधन अभियानमार्फत स्रष्टाहरुलाई सम्मानित गरेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको अवसरमा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरु काठमाण्डौ, विराटनगर र तुलसीपुरमा कार्यक्रम आयोजना गरि प्रदान गरेको हो।

काठमाण्डौमा आयोजित कार्यक्रममा कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान– धीरेन्द्र प्रेमर्षि (सिरहा), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान– गोपाल अश्क (गोपालप्रसाद सर्राफ) (पर्सा), महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान– हरिबहादुर थापा (काभ्रे), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान– गोविन्दप्रसाद घिमिरे ‘वेदमणी’ (काठमाण्डौ), पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान– त्रिभुवनचन्द्र वाग्ले ,(तनहुँ), राधादेवी दाहाल स्रष्टा सौगात–उषा हमाल (सल्यान), गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात–शशीकला मानन्धर (काठमाण्डौ), भुमीप्रसाद बराल स्रष्टा सौगात–गणेशकुमार राई (ओखलढुंगा), जनककुमारी रेग्मी स्रष्टा सौगात– गंगा कर्माचार्य पौडेल (स्याङ्जा), श्रीप्रसाद दाहाल स्रष्टा सौगात फूलकुमारी थापा मगर (तनहुँ) लार्ई प्रदान गरिएको हो ।

यसैगरी चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान/पुरस्कार प्रा.डा.नारायणप्रसाद खनाल (बागलुङ) हाल नेपाल बाहिर रहनुभएकोले उहाँका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो ।

शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, उच्च अदालतका पूर्व मुख्य न्यायाधीस शेषराज सिवाकोटी, शान्ति समाजका सभापति गोविन्द खनाल, संस्थापक महासचिव सुवास ढकाल, स्रष्टाहरु अशेष मल्ल, श्रवण मुकारुङ, अर्जुन पराजुली, प्रमोद प्रधान, नन्दकृष्ण जोशी, विना थिङ तामाङले पुरस्कृत स्रष्टाहरुलाई सम्मानपत्रसहित पुरस्कार रु२० हजार राशी) प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति सम्बन्धमा विद्यावारीधि गर्नुभएका शान्ति समाजका पूर्व सभापति डा। गंगाधर अधिकारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यक योगदान सम्बन्धमा प्रकाश पार्नुभएको थियो भने स्रष्टा रत्ननिधी रेग्मी र मेनका पोख्रेलले महाकवि देवकोटाप्रति श्रद्धासुमन अर्पण गर्द कविता वाचन गर्नुभएको थियो ।

यसैगरी कवि अर्जुन पराजुलीले समसामयिक विषयमा केन्द्रीत रही कविता प्रस्तुत गर्नुभएको थियो । समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति कृष्णबहादुर रावल, पूर्व उपसभापति रेनुका पौडेल र महासचिव रामकृष्ण बरालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी शान्ति समाजद्वारा विराटनगरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान– सीमा आभास (ओखलढुंगा) र श्रीनारायण दाहाल स्रष्टा सौगात– मनमाया विश्वकर्मा (भोजपुर)लाई प्रदान गर्नुभएको थियो । शान्ति समाज मोरङ शाखा सभापति भेषराज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्रष्टाहरु विवश पोख्रेल, खेम नेपाली, विश्वनाथ रिजाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यस्तै शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित कार्यक्रममा पद्यप्रसाद दाहाल स्रष्टा सौगात– अशोक थारु (दाङ) र जोगमाया बराल स्रष्टा सौगात– हेमन्ती जोशी (डोटी),लाई नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र दाङका कार्यकारी निर्देशक प्रा।डा। सुधन कुमार पौडेलले प्रदान गर्नुभएको थियो । दाङ शाखा उपसभापति कोमल डिसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपसभापति शुशिल बस्नेत, डिल्लीराज धिताल, निर्मल नेपाली लगायत वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शान्ति समाजद्वारा स्रष्टाहरुलाई पुरस्कृत÷सम्मानित गर्दा कम्तिमा आधा महिला स्रष्टा हुनुपर्ने (७ जना), प्रत्येक प्रदेशबाट एक जना हुर्नेपर्ने (सात प्रदेशबाट ७ जना), अनिवार्य प्रावधान रहेको छ भने विभिन्न भाषामा योगदान गर्ने स्रष्टाहरुलाई पुरस्कृत गर्ने नीति रहेको छ । यस क्रममा यस वर्ष नेपाली भाषाका साथै संस्कृत, मैथिली, भोजपुरी, थारु, नेवारी, वाम्वुले राई र मगर भाषाको प्रवद्र्धनमा उल्लेखनिय योगदान गर्ने स्रष्टाहरुलाई सम्मान गरिएको छ ।

प्रत्येक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्म जयन्तिको सेरोफेरोमा पुरस्कार अर्पण कार्यक्रम आयोजना गर्ने परम्परा रहेको छ ।