७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लजको कोठामा प्वाल बनाएर गोप्य रुपमा अश्लिल भिडियो खिच्ने म्यानेजर पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौँको एक लजको कोठाभित्र गोप्य रूपमा भिडियो रेकर्ड गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्‍याफे एन्ड लजका म्यानेजर काठमाडौं चन्‍द्रागिरि–१५ का ४२ वर्षीय मुकेश मालीलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार दिउँसो उक्त लजमा बस्न आउने पाहुनाको गोप्य रूपमा भिडियो रेकर्ड गरेको भन्ने सूचना प्रहरीले पाएको थियो । उक्त सूचनापछि महाराजगन्जबाट खटिएको टोलीले चेक गर्दा उनले गोप्य भिडियो खिचेको खुल्नमा आएको हो । उनले हरेक कोठाको ढोकामा प्वाल बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथमा रहेको आइफोन १२ प्रो म्याक्स पनि बरामद गरेको छ ।

उनीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।