२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबारदेखि पुनः देशभर मनसुन सक्रिय हुने



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखले नेपालमा केही दिनयता रोकिएको वर्षा पुनः बढ्ने सम्भावना रहेको जनाएको छ । मौसमविद् राजु प्रधानांगका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउँदै गरेकाले वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको हो। 

यस विषयमा महाशाखाले सोमबार राति ८ बजे विशेष मनसुन बुलेटिन–७ जारी गरेको छ। 

जसमा भनिएको छस् ‘सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई बिहीबारदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।’

बुलेटिनअनुसार बिहीबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी/धेरै भारी वर्षा तथा शुक्रबार र शनिबार  प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी/धेरै भारी वर्षाको सम्भावना छ। 

महाशाखाले भनेको छः आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।