काठमाडौं । मौसम पूर्वानुमान महाशाखले नेपालमा केही दिनयता रोकिएको वर्षा पुनः बढ्ने सम्भावना रहेको जनाएको छ । मौसमविद् राजु प्रधानांगका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउँदै गरेकाले वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको हो।
यस विषयमा महाशाखाले सोमबार राति ८ बजे विशेष मनसुन बुलेटिन–७ जारी गरेको छ।
जसमा भनिएको छस् ‘सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई बिहीबारदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।’
बुलेटिनअनुसार बिहीबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी/धेरै भारी वर्षा तथा शुक्रबार र शनिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी/धेरै भारी वर्षाको सम्भावना छ।
महाशाखाले भनेको छः आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।