५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा शंका पैदा नगर्न प्रधानमन्त्री देउवाको आग्रह



अ+ अ-

पोखरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यकर्तालाई गठबन्धनप्रति शंका उत्पन्न हुने काम गर्न आग्रह गर्नुभएको छ ।

शुक्रबार पोखरामा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले गठबन्धनबीच शंका पैदा नगर्ने र मतभिन्नता ल्याउने कुनै पनि काम नगर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले गठबन्धन आजको आवश्यकता भएको भन्दै कुनै पनि पार्टीको बहुमत आउन नसक्ने भएकाले पार्टीहरु मिल्नुपरेको बताउनुभयो । गठबन्धनमा सबैको जित हुने र यसैलाई कामय राख्दा सबैको पालो आउने उहाँको भनाइ थियो ।

“हामीबीच कतिपय साथीहरुले टिकट पाउनुभएन होला, कतिले पाउनु पनि भयो होला, यस्तो गठबन्धनका सबै पार्टीमा छ’, उहाँले भन्नुभयो, “गठबन्धनको सरकार बन्यो भने सबैको पालो आउँछ, सरकार बनेको अवस्थामा सयौँ स्थान छन् जसमा टिकट नपाएको साथीहरुलाई व्यवस्थापन गर्न सकिन्छ ।”