२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक साता माथिल्लो तामाकोशी आयोजना बन्द हुने



अ+ अ-

काठमाडौँ । यही कात्तिक ८ गतेदेखि १५ गतेसम्म एक साता माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादन हुने विद्युत् बन्द हुने भएको छ ।

दोलखाको विगु गाउँपालिका–१ लामाबगरस्थित तामाकोशी जलविद्युत् केन्द्रको हडवक्र्स र मुख्य सुरुङको सो अवधिमा प्राविधि निरीक्षण गरिने हुनाले विद्युत् उत्पादन बन्द हुने आयोजनाले जनाएको छ ।

तिहारकै समय पारेर आयोजनाले विद्युत् उत्पादन बन्द गर्न लागेको हो । यस अविधिमा जलाशयको पानी घटाउने क्रममा तल्लो तटीय क्षेत्रमा ११र१२ घण्टा नदीको बहाव बढ्न जाने भएकाले तल्लो तटीय क्षेत्रमा पर्ने स्थानहरुमा सो अवधिभर सतर्कतापूर्वक सावधानी अपनाउन आयोजनाले आग्रह गरेको छ ।

लामाबगर, छैतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सनकोशी नदिको दोभानसम्म नै माछा मार्ने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने लगा धने वस्तुभाउ लैजाने गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न आयोजनाले आग्रह गरेको छ ।

साथै नदी किनारमा परम्पराअनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक एवं सावधानीका साथ गर्न समेत आयोजनाले अनुरोध गरेको छ ।