• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

गठबन्धन नभएको भए लोकतन्त्र नै समाप्त हुने थियोः महासचिव भुसाल(भिडीयोसहित)



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

महासचिव भुसालले नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताउनु भयो । उहाँले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरुलाई मतदान गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भइ आफू पराजित हुनुपरेको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा भने समयमा नै मतदाताहरुलाई मतदाता शिक्षाको बारेमा स्पष्ट जानकारी गराइ मत बदर हुनबाट रोक्नुपर्ने बताउनु भयो ।

महासचिव भुसालले पुनः प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि मत बदर भए गठबन्धनले चुनाव हार्ने बताउनु भयो । उहाँले चुनावको खेल धेरै डरलाग्दो हुने भन्दै मत बदर नहोउन् भन्नेकुरामा अत्यन्त सजग हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो गठबन्धन हामीले नेपाली जनताले धेरै लामो संघर्षबाट प्राप्ति गरेका उपलब्धिको रक्षाका लागि बनाएका हौँ । खालि आज चुनावका लागि मात्रै होइन । जब नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको संविधानलाई खारेज गर्ने दिशामा तत्कालीन प्रधानमन्त्रीले प्रतिनिधि सभाको विघटन गरेपछि हामीले प्रतिनिधि सभाको रक्षा गरेर हामा उपलब्धिहरुलाई रक्षा गर्न लाग्यौँ । हामीले असफल पनि पारेका थियौँ । यो प्रश्न जनताको बीचमा स्पष्ट पार्नुपर्ने आवश्यक्ता छ ।’

‘हामी गठबन्धन बनाएर संविधानको रक्षा गरेका थिएनौँ भने लोकतन्त्र समाप्त हुने थियो । स्थानीय निर्वाचनमा पनि हामी गठबन्धन गरेर चुनावमा लडेका थियौँ । धेरै ठाउँमा मत बदर भएका कारणले हामीले चुनाव हारेका छौँ । यहीँ काठमाडौं महानगरपालिकामा पनि धेरै मत बदर भएका कारण हामीले चुनाव हा¥यौं । महानगरमा मत बदर नभएको भए हामीले चुनाव जित्थ्यौँ ।’

‘हाम्रा मत बदर भएका कारण मेयर, उपमेयरले प्राप्त गरेका मत पनि जुन संख्यामा बदर भयो, त्यो कारणले हामीले चुनाव हारेका छौँ । यसलाई हामीले बिर्सिनु हुँदैन । फेरि पनि हाम्रा मतहरु बदर भए भने फेरि पनि हामी चुनाव हार्न सक्नेछौँ । चुनावको खेल भनेको धेरै खतरनाक खेल हुन्छ । त्यसलाई बुझ्न जरुरी छ । मत बदर नहोउन् भन्नेकुरामा अत्यन्त सजग हुन जरुरी छ ।’

महासचिव भुसालले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई सबै जनताले जिताउन आवश्यक रहेको बताउनु भयो ।