• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ–(तस्बिर-भिडीयोसहित)



भक्तपुर । भक्तपुर भेलुखेलमा तिहारअगाडि नै भकारीमा धान भित्र्याउन भ्याइनभ्याइ भएको छ ।

लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका किसानहरु यतिबेला धान भित्र्याउन लागि परेका हुन् ।

उनीहरुको दैनिकी यतिबेला धानकै ओल्टाइपल्टाइमा बित्ने गरेको छ । भक्तपुरको भेलुखेल टोलका करिव पचास घर परिवारले एकै ठाउँमा बिस्कुन सुकाउँछन् । खेतका गह्रालाई आलीले छुट्टाएजस्तै स्थानीयवासीले खाली ठाउँ छोडेर बिस्कुन सुकाएको दृष्य यतिबेला देख्न सकिन्छ । यहाँका खाली चोक तथा आँगन धानले भरिएको देख्न सकिन्छ ।

सडक किनारमा सुकाइरहेको धान नियालेर यहाँ घुम्न आउने पर्यटकसमेत रमाएको देख्न सकिन्छ । धानको धुलोको बेवास्ता गर्दे पर्यटकहरु किसानको जीवनशैलीमा रमाएका छन् । स्थानीयहरु मिलेर धान सुकाउने र उठाउने गर्छन् ।

भेलुखेलमा मात्र होइन भक्तपुरका खाली ठाउँमा अचेल यसैगरी धान सुकाएको देखिन्छ । चरा, कुखुराबाट जोगाउन उनीहरु धान सुकाएको स्थानमा कुरेर बस्छन् ।

धान सुकाउन आउनुभएकी स्थानीय रामलक्ष्मी तिमानायले समयमै मल नआउँदा यस वर्ष विगतको तुलनामा धान कम फलेको बताउनु भयो । उहाँले अन्त धान सुकाउन घाम कम लाग्ने भएकाले किराबाट धान जोगाउन धान सुकाउनु परेको बताउनु भयो ।

त्यस्तै अर्का स्थानीय हरिप्रसाद मोहलाले सबै मिलेर धान सुकाउने गरेको बताउनु भयो । उहाँले समयमा नै बीउ र मल नआइपुग्दा विगतको तुलनामा यसवर्ष धान धेरै फल्न नसकेको गुनासो गर्नुभयो ।

पहिला धान चोरी हुने डरले मानिसहरु धान सुकाएकै स्थानमा सुत्थे । अहिले भने सुकाएकै ठाउँमा धानलाई त्रिपालले छोपेर छोड्छन् र ढुक्कले घरमा सुत्छन् । राम्रोसँग नसुकाइ भण्डारण गर्दा धानमा किरा लाग्ने, बिग्रिने गर्दछ । त्यसैले धानलाई राम्रोसँग सुकाउन उनीहरुले खुला ठाउँलाई उपयोग गरेका हुन् ।