१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

अझै खुलेन अवरुद्ध ग्रामीण सडक

अझै खुलेन अवरुद्ध ग्रामीण सडक
अ अ+ अ-

ढोपाटन । निसीखोला गाउँपालिकाले सातवटै वडाको बस्ती–बस्तीमा सडक पु-याएको छ । हिउँदको समयमा घरै अगाडि सडक गुड्ने गरे पनि वर्षात्को समय ठप्पै हुन्छन् ।

गत असार महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन् । चार महिनादेखि अवरुद्ध सडक सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । गाउँदेखि बजार पुग्न पैदल नै हिँड्नुपर्छ भने उपभोग्य सामान पनि बोकेरै गाउँ पु-याउनुपर्ने अवस्था छ ।

गाउँपालिकाको वडा नं ३, ४ र ७ का केही गाउँ पुग्ने सडकमा पहिराले कम क्षति पु¥याएको हुँदा सञ्चालनमा आए पनि दर्जन बढी अझै अवरुद्ध नै रहेको स्थानीय दिलबहादुर विकले जानकारी दिनुभयो । उहाँले असारदेखि बन्द भएको सडक अवरुद्ध हुँदा सामान ओसारपसारमा समस्या भएको गुनासो गर्नुभयो । दसैँअगावै सडक सञ्चालन हुने अपेक्षा गरे पनि तिहार नजिकिँदासमेत खुल्ने सुरसार नभएको उहाँको भनाइ छ ।

“दसैँअगाडि नै सडक सञ्चालन भएर गाउँमा गाडी आउला भन्ने लागेको थियो तर आएन, तिहार आउन लाग्यो अहिलेसम्म सडक खुलाउने सुरसार छैन, यही हिसाबले त तिहारमा पनि बोकेरै सामान ल्याउनुपर्ने भयो”, उहाँले भन्नुभयो, “गाउँमा आउने बाटोको १५–२० ठाउँमा पहिरो गएको छ, कतै माथिदेखि कतै तलदेखि पहिराले बाटो क्षतविक्षत भएको छ, एक दिन डोजर लगाए त खुलाउन सकिने थियो, सडक खुलाउन कसैले पनि ध्यान दिएनन् ।”

उहाँले भदौमा आफ्नो बहिनी सिकिस्त बिरामी भएर अस्पताल लैजाँदा बोकेरै अस्पताल लगेको सुनाउनुभयो । विकले गाउँमा सडक आएर पनि आफूहरूले सुविधा लिन नपाएको दुःखेसो गर्नुभयो । सरोकारवालाले ध्यान नदिँदा चार महिनासम्म सडक सञ्चालन गर्न नसकेको आरोप छ । केही गाउँमा गाडी चले पनि धेरैजसो गाउँका बाटो पहिराले अवरुद्ध बनेको विक बताउनुभयो ।

“गाउँमा सडक आयो, अब हामी गाउँलेलाई सुविस्ता होला भन्ने सोचेका थियौँ, सडक आउँदा जग्गा–जमिन पनि दियौँ, काम पर्दा उपयोग गर्न पाइएन, बन्द भएको यतिका समय भयो, खुलाउने निकाय वडा कार्यालय, गाउँपालिका होला तर उहाँहरूले ध्यान दिनु भएन”, उहाँले भन्नुभयो, “गाउँमा धेरै मान्छे बिरामी हुन्छन् गाडी चले त यहीबाटै अस्पताल पु¥याउन सकिन्थ्यो होला, सडक नचल्दा मैले पनि बहिनी बिरामी हुँदा मान्छे लगाएर बोकेरै अस्पताल पु¥याएँ ।”

निसीखोला –१ लेबाङका पुरन घर्तीमगरले सडक अवरुद्ध हुँदा खच्चडमा सामान ओसार्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले बजारबाट गाउँ निकै टाढा रहेको हुँदा दैनिक उपभोग्य सामान बोकेर उपभोग गर्नसमेत गाह्रो भएको भन्दै खच्चडमा ढुवानी गरेको बताउनुहुन्छ । सडक खुले यहाँका सयौँ नागरिकलाई सहज हुने उहाँको भनाइ छ ।

“बजारबाट गाउँ निकै टाढा छ, सामान बोकेर पनि पु¥याउन गाह्रो हुन्छ, गाउँका पसलेले असार अगाडि नै गोदाममा राखेका सामान पनि दसैँअगाडि नै सकियो, ल्याउने बाटो खुलेको छैन भन्छन्, त्यही भएर खच्चडमा ढुवानी गरेर पेट पाल्नुपरेको छ”, स्थानीय घर्तीमगरले भन्नुभयो, “अघिल्लो साल त दसैँमा सडक खुलेर गाउँमा गाडी गुड्थे, सामान बोकेर लैजानुपरेको थिएन, अहिले त तिहार आउनलाग्दा पनि सडक खुलेन, अब तिहारपछि खुल्ला ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले दसैँअगाडि नै सडक खुलाउन थाले पनि वर्षाका कारण समस्या भएको बताउनुभयो । उहाँले केही गाउँका सडक सञ्चालनमा आए पनि अझै धेरै सडक खुलाउन बाँकी रहेको बताउनुहुन्छ । अध्यक्ष घर्तीमगरले भन्नुभयो, “दसैँअगाडि नै सबै गाउँका सडक खुलाउने गरी योजना बनाएका थियौँ, तर वर्षाले गर्दा खुलाउन सकिएन, दसैँ अगाडि पनि निरन्तर वर्षा भयो, दसैँ सकिएपछि पनि ठूलो वर्षा हुँदा सडक खुलाउन नसकिएको हो ।”

उहाँले वर्षा रोकिएपछि सडक खुलाउने प्रसास गरिरहेको बताउनुभयो । अहिले इञ्जीनियरले गाउँ–गाउँमा पुगेर सडकको अवस्था बुझ्ने र खर्च लगत अनुमान गरिरहेको भन्दै अब केही दिनै सडक खुलाउन थाल्ने बताउनुभयो । “यतिका समय सडक अवरुद्ध हुँदा नागरिकलाई धेरै समस्या परेको छ, हामीले बुझेका छौँ, अलिकति वर्षाले अवरोध ग¥यो, अहिले इञ्जीनियर गाउँ–गाउँमा पुगेर सडकको अवस्था बुझ्ने र खर्च के कति लाग्छ लगत अनुमान तयार गर्दै हुनुहुन्छ, अब केही दिनमै सबै सडक खुलाउने छौँ ।”

अध्यक्ष घर्तीमगरले धेरैजसो ग्रामीण सडक कच्ची हुँदा माथिदेखि भलसहित आएको बाढीले कालोपत्र लोकमार्गसमेत बिगारेको बताउनुभयो । गाउँपालिकाले अब ग्रामीण सडकलाई व्यवस्थित बनाउन नाली निर्माण गर्ने र पहिरो रोक्नका लागि वृक्षरोपणसमेत गर्ने बताउनुभयो । रासस
–––