२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीले भोलि आदिवासी जनजातिसँग प्रत्यक्ष संवाद गर्ने



अ+ अ-

काठमाडौं, ३ कात्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार (भोलि) आदिवासी जनजातिसँग संवाद गर्ने भएका छन्।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले ओलीसँग जनजाति समुदायको अन्तरक्रिया संयोजन गर्न लागेको महासचिव पेम्बा गुरुङ भोटेले जानकारी दिए। महासंघका सह-इन्चार्ज तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा, महासंघका अध्यक्ष गोकुल घर्ती मगर, महासचिव पेम्बासहितले ओलीलाई भेटेर कात्तिक ४ गते जनजातिसँग संवाद कार्यक्रमको निम्ता दिएका थिए।

एमाले अध्यक्ष ओलीले कात्तिक ४ गते नै सर्वसाधारणका सुझाव सुन्न टेलिफोन संवादको समय समेत छुट्टाएका छन्। सोही दिन देशभरका आदिवासी जनजाति समुदायका अगुवा तथा जातीय संगठनका प्रतिनिधिहरूको सुझाव सुन्ने भोटेले बताए। विभिन्न जिल्ला र जातीय घटक संगठनहरुलाई पनि ओलीसँग आदिवासी जनजातिका समस्याबारे छलफल गर्न काठमाडौं निम्त्याइएको महासंघले जनाएको छ।

ओलीसँग संवादका लागि महासंघले शुक्रवार मध्यान्ह १२ बजे आदिवासी जनजाति समुदायलाई राष्ट्रियसभा गृहमा बोलाएको छ।