१४ आश्विन २०८१, सोमबार
,
Latest
तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा तेह्र सयभन्दाबढि म्यादी प्रहरी परिचालन हुने(भिडीयोसहित)



file
अ+ अ-

ललितपुर ।  ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन हुने भएको छ ।

ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सो जानकारी दिनु भएको हो । उहाँका अनुसार हाल उनीहरुलाई तालिम दिने काम भईरहेको छ । ललितपुरका विभिन्न नौं स्थानमा उनीहरुको तालिमको व्यवस्था गरिएको छ ।

१० दिनको तालिम पछि उनीहरुलाई आवश्यक्ता अनुसार मतदान केन्द्रहरुमा परिचालन गरिने पनि जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले नियुक्त गरिएका म्याद प्रहरीहरुमध्ये ६०७ जना पुराना म्यादी प्रहरी रहेको बताउनु भयो ।

सरकारले हरेक निर्वाचनमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन म्यादी प्रहरी परिचालन गर्दै आएको छ । पूर्वसुरक्षाकर्मी, पूराना म्यादी प्रहरीहरुलाई प्राथमिकता दिएर म्यादी प्रहरी छनौट गर्ने प्रावधान छ । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।