२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुद: महिला बास्केटबलमा गण्डकीलाई पहिलोपटक पदक



अ+ अ-

दमौली । गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला बास्केटबलमा पहिलोपटक पदक जितेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मा सम्पन्न महिला बास्केटबलमा फाइभ अन फाइभ र थ्री बाइ थ्रीतर्फ गण्डकी प्रदेशले कांस्य पदक जितेको हो ।

गण्डकी प्रदेशले महिला बास्केटबलमा हालसम्म पदक जित्न सकेको थिएन । गण्डकी प्रदेशले यसपटक ऐतिहासिक कीर्तिमान कायम गरी पदक जित्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो ।

फाइभ अन फाइभ र थ्री बाइ थ्रीतर्फ दुवै खेल जित्दै गण्डकीले दुई कांस्य पदक जितेको हो । तेस्रो स्थानका लागि गण्डकी प्रदेशले फाइभ अन फाइभमा सुदूरपश्चिम प्रदेश र थ्री बाइ थ्रीमा बागमती प्रदेशसँग प्रतिस्पर्धा गरेको थियो ।

फाइभ अन फाइभमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४६–२४ अङ्कले पराजित गरेको थियो । गण्डकीले पहिलो क्वाटरमा १६–९, दोस्रो क्वाटरमा १०–४, तेस्रो क्वाटरमा १२–७ र चौथो क्वाटरमा ८–४ अङ्क जोडेको थियो ।

गण्डकीको जितमा सीमा गर्बुजाले व्यक्तिगत १९ अङ्क जोड्नुभएको थियो भने सुदूरपश्चिमका तर्फबाट सम्झना शाहीले सात अङ्क जोड्नुभएको थियो । थ्री बाइ थ्रीमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ९–७ ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मकरूपमा भएको खेलमा गण्डकीले बागमतीलाई पराजित ग¥यो ।

असोज २८ गतेदेखि सुरु महिला बास्केटबलको फाइभ अन फाइभमा त्रिभुवन आर्मी, सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ सहभागी थिए । थ्री बाइ थ्रीतर्फ त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी थिए ।