२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीज्यू एमसीसी बिर्सनु भयो कि क्या हो ?: प्रतिपक्षदलका नेता ओली



अ+ अ-

काठमाडौ ।  प्रमुख प्रतिपक्षदलका नेता केपी ओलीले एमसीसीको बारेमा सरकारको स्पष्ट दृष्टिकोण माग गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले भन्नुभयो  साझा कार्यक्रम मा त छैन  मैले तै देखिन किन डराउनु भयो ? उहाँले भन्नुभयो 'अझै केपी ओलीले बोलेका  क्लिप खोजेर बाताबरण बनाउन खोज्ने प्रयास किन गर्नुपर्यो ।'

उहाँले भन्नुभयो 'एमसीसीका बारेमा नेपाली जनताले जान्न चाहेको छ के गर्नु हुन्छ प्रधानमन्त्री ज्यू ? १६५ सांसदको समर्थन रहेको सबल जत्थाले के भन्छ एम सी सी पासगर्ने कि फेल गर्ने ?' उहाँले भन्नुभयो 'प्रधानमन्त्रीमा त जस्केला बाट छिरेर आउनु भयो सबै कुरा जस्केला बाट हुदैन ।' सरकारको साझा न्यूनतम कार्यक्रम बारे टिप्पणी गर्दे ओलीले भन्नुभयो 'कालापानी लिम्पीयाधुरा किन फिर्ता ल्याउछौ भन्न सक्नुभएन ? समस्यामा लगेर राख्नुभयो , आफ्नो देशको भूमि समस्या हुन्छ कि भूमी छाडेर समस्या समाधान  गर्न खोज्नुभयो ।  

उहाँले  भन्नुभयो 'प्रधानमन्त्रीलार्य कसले  किन यस्तो खुट्टा कमाउने बनायो ,समस्या होईन फिर्ता लिनुस नसके ढेड बर्ष कुर्नुस हामी फर्केर आउछौ । 'उहाँले  कुन कुन छिमेकी हरु संगको सीमा समस्या  छ त्यसलाई पनि स्पष्ट राख्न आग्रह गर्नुभयो ।