२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीज्यू एमसीसी बिर्सनु भयो कि क्या हो ?: प्रतिपक्षदलका नेता ओली



अ+ अ-

काठमाडौ ।  प्रमुख प्रतिपक्षदलका नेता केपी ओलीले एमसीसीको बारेमा सरकारको स्पष्ट दृष्टिकोण माग गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले भन्नुभयो  साझा कार्यक्रम मा त छैन  मैले तै देखिन किन डराउनु भयो ? उहाँले भन्नुभयो 'अझै केपी ओलीले बोलेका  क्लिप खोजेर बाताबरण बनाउन खोज्ने प्रयास किन गर्नुपर्यो ।'

उहाँले भन्नुभयो 'एमसीसीका बारेमा नेपाली जनताले जान्न चाहेको छ के गर्नु हुन्छ प्रधानमन्त्री ज्यू ? १६५ सांसदको समर्थन रहेको सबल जत्थाले के भन्छ एम सी सी पासगर्ने कि फेल गर्ने ?' उहाँले भन्नुभयो 'प्रधानमन्त्रीमा त जस्केला बाट छिरेर आउनु भयो सबै कुरा जस्केला बाट हुदैन ।' सरकारको साझा न्यूनतम कार्यक्रम बारे टिप्पणी गर्दे ओलीले भन्नुभयो 'कालापानी लिम्पीयाधुरा किन फिर्ता ल्याउछौ भन्न सक्नुभएन ? समस्यामा लगेर राख्नुभयो , आफ्नो देशको भूमि समस्या हुन्छ कि भूमी छाडेर समस्या समाधान  गर्न खोज्नुभयो ।  

उहाँले  भन्नुभयो 'प्रधानमन्त्रीलार्य कसले  किन यस्तो खुट्टा कमाउने बनायो ,समस्या होईन फिर्ता लिनुस नसके ढेड बर्ष कुर्नुस हामी फर्केर आउछौ । 'उहाँले  कुन कुन छिमेकी हरु संगको सीमा समस्या  छ त्यसलाई पनि स्पष्ट राख्न आग्रह गर्नुभयो ।