काठमाडौ । प्रमुख प्रतिपक्षदलका नेता केपी ओलीले एमसीसीको बारेमा सरकारको स्पष्ट दृष्टिकोण माग गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले भन्नुभयो साझा कार्यक्रम मा त छैन मैले तै देखिन किन डराउनु भयो ? उहाँले भन्नुभयो 'अझै केपी ओलीले बोलेका क्लिप खोजेर बाताबरण बनाउन खोज्ने प्रयास किन गर्नुपर्यो ।'
उहाँले भन्नुभयो 'एमसीसीका बारेमा नेपाली जनताले जान्न चाहेको छ के गर्नु हुन्छ प्रधानमन्त्री ज्यू ? १६५ सांसदको समर्थन रहेको सबल जत्थाले के भन्छ एम सी सी पासगर्ने कि फेल गर्ने ?' उहाँले भन्नुभयो 'प्रधानमन्त्रीमा त जस्केला बाट छिरेर आउनु भयो सबै कुरा जस्केला बाट हुदैन ।' सरकारको साझा न्यूनतम कार्यक्रम बारे टिप्पणी गर्दे ओलीले भन्नुभयो 'कालापानी लिम्पीयाधुरा किन फिर्ता ल्याउछौ भन्न सक्नुभएन ? समस्यामा लगेर राख्नुभयो , आफ्नो देशको भूमि समस्या हुन्छ कि भूमी छाडेर समस्या समाधान गर्न खोज्नुभयो ।
उहाँले भन्नुभयो 'प्रधानमन्त्रीलार्य कसले किन यस्तो खुट्टा कमाउने बनायो ,समस्या होईन फिर्ता लिनुस नसके ढेड बर्ष कुर्नुस हामी फर्केर आउछौ । 'उहाँले कुन कुन छिमेकी हरु संगको सीमा समस्या छ त्यसलाई पनि स्पष्ट राख्न आग्रह गर्नुभयो ।