२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ क्याप्सुल खुवाईदै



अ+ अ-

काठमाडौँ । आजबाट बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औंषधि खुवाउन सुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम अनुसार आज र भोली (बुधबार र बिहीबार) भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औंषधि खुवाइन्छ ।

‘भिटामिन ‘ए’ क्याप्सुल खुवाऔं, बालबालिकालाई स्वास्थ बनाऔं’ भन्ने मूल नाराका साथ सुरु गरिएको सो कार्यक्रम बिहान ८ बजेबाट बेलुका ४ बजेसम्म संचालन हुनेछ । महिला स्वास्थ्य स्वयम्सेविकाहरुले ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई सो क्याप्सुल खुवाईरहेका छन ।

ललितपुर पाटनमा सो क्याप्सुल खुवाईरहेकी महिला स्वास्थ्य स्वयमसेविका दिलशोभा महर्जनले भोलीसम्म सो कार्यक्रम रहेकाले आफ्ना बालबालिकाहरुलाई सो क्याप्सुल खुवाउन नछुटाउनु आग्रह गर्नु भयो ।

सरकारले हरेक वर्ष बैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते सो क्याप्सुल र जुकाको औषधि खुवाउने गर्दै आएको छ ।