६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्रतिनिधिसभा बैठक शून्य समय: कोरोनाको खोपदेखि विपत्तिमा परेकालाई राहत

प्रतिनिधिसभा बैठक शून्य समय: कोरोनाको खोपदेखि विपत्तिमा परेकालाई राहत
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा कोरोना महामारीका कारण समस्यामा परेका नेपाली जनतालाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । सरकारको महत्वपूर्ण कार्यभारका रूपमा खोप उपलब्ध गराउनु रहेको भन्दै सांसदहरुले सो कार्यका लागि स्पष्ट कार्ययोजनाका साथ अगाडि बढ्न अनुरोध गर्नुभयो ।

उहाँहरूले सबै नेपालीले समयमै खोप पाउने सुनिश्चितता गरी स्थगित भएका परीक्षा सञ्चालन गर्न आग्रह गर्नुभयो । बैठकको शून्य समयमा बोल्ने सांसदहरुले बाढी पहिरोका कारण समस्यामा परेका नागरिकको उद्धार तथा राहत प्रदान गरी विपत्तिमा परेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न माग गर्नुभयो ।

सांसद शक्तिबहादुर बस्नेतले कोरोनाको तेस्रो लहर आउने सन्त्रास देखिएको सन्दर्भमा सरकारले के कस्तो प्रतिकार्यको योजना अगाडि सारेको छ भन्ने बारेमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्नुभयो । सांसद विन्दा पाण्डेले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको पञ्जीकरण गर्न र विदेशमा रहेका नेपालीलाई कार्यस्थलबाटै मतदानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । प्राकृतिक विपत्तिमा परेको मेलम्ची तथा हेलम्बु क्षेत्रमा गाँस, बास र कपासको व्यवस्था गर्न आग्रह गर्दै सांसद शेरबहादुर तामाङले सो क्षेत्रमा सरकारको उपस्थिति हुनुपर्ने माग गर्नुभयो ।

सांसदहरु लालकाजी गुरुङ, लालप्रसाद साँवा लिम्बू, लालबहादुर थापा, विद्या भट्टराई, बिन्दा पाण्डे, विष्णु शर्मा, बोधमायाकुमारी यादव, शक्तिबहादुर बस्नेत, शशी श्रेष्ठ, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रिन, शेरबहादुर तामाङ, श्याम श्रेष्ठ, सत्य पहाडी, समिना हुसेन, हरि अधिकारी, हितबहादुर तामाङले कोरोना कहर, प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत प्रदान गर्न, सीमा समस्या समाधान गर्न आग्रह गर्नुभयो ।