२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘घाइतेको उपचार गर्न नसक्ने भए एमाले कार्यालय पठाइदिनु, म गरिदिन्छु’



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी द्वन्द्वकालका घाइतेलाई उपचार गर्न नसक्ने भए एमाले पार्टी कार्यालय पठाइदिन आग्रह गर्नुभएको छ । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले प्रचण्डसहित सत्तारुढ गठबन्धनले द्वन्द्वकालका घाइतेहरुको उपचार गर्न नसक्ने हो भने एमाले कार्यालय पठाइदिए आफूले गरिदिने कटाक्ष गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारको साझा नीति तथा कार्यक्रममा घाइतेहरुको उपचार गर्छु भनेनन् । यदि उपचार गर्न नसक्ने हो भने थापाथलीस्थित एमाले पार्टी कार्यालय पठाइदिनु, म गरिदिन्छु ।"