२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘घाइतेको उपचार गर्न नसक्ने भए एमाले कार्यालय पठाइदिनु, म गरिदिन्छु’



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी द्वन्द्वकालका घाइतेलाई उपचार गर्न नसक्ने भए एमाले पार्टी कार्यालय पठाइदिन आग्रह गर्नुभएको छ । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले प्रचण्डसहित सत्तारुढ गठबन्धनले द्वन्द्वकालका घाइतेहरुको उपचार गर्न नसक्ने हो भने एमाले कार्यालय पठाइदिए आफूले गरिदिने कटाक्ष गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारको साझा नीति तथा कार्यक्रममा घाइतेहरुको उपचार गर्छु भनेनन् । यदि उपचार गर्न नसक्ने हो भने थापाथलीस्थित एमाले पार्टी कार्यालय पठाइदिनु, म गरिदिन्छु ।"