• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने

माओवादी कमजोर भए अहिलेसम्म प्राप्त उपलब्धि गुम्न सक्छ: प्रचण्ड



file

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनमा माओवादीलाई कमजोर बनाउन नहुने बताउनुभएको छ ।

माओवादी कमजोर भए अहिलेसम्म प्राप्त उपलब्धि गुम्न सक्ने भन्दै उहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सामान्य निर्वाचन मान्न नसकिने बताउनुभयो ।

ललितपुरमा बुधबार प्रेस सेन्टरसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “हाम्रा लागि मंसिर ४ गतेको निर्वाचन सामान्य निर्वाचन होइन, अहिलेसम्म प्राप्त उपलब्धि रक्षा गर्ने जीवन मरणको संघर्षको रुपमा निर्वाचनलाई लिनुपर्छ, यसलाई उपलब्धि रक्षा गर्ने र उल्ट्याउन खोज्नेबीचको संघर्षका रुपमा लिनुपर्छ ।”

अध्यक्ष प्रचण्डले अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतासहितलाई रक्षा गर्ने तथा उपलब्धि र परिवर्तन उल्ट्याउन खोज्नेबीच अहिलेको निर्वाचन भएको उहाँको भनाइ थियो ।

माओवादी बलियो हुँदा परिवर्तन र उपलब्धिको रक्षा हुने भएकाले आसन्न निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा लिन नहुने उहाँले बताउनुभयो ।