३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिष्णु पौडेलको बिकल्प छैन भन्दै एमाले भित्रिए माओवादी र नेकपा एसका दुई सय नेता–कार्यकर्ता



अ+ अ-

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिष्णु पौडेललाई जिताउन मतदाता आफै सक्रिय बन्न थालेका छन् ।

रुपन्देहीका बिकासप्रेमी एवं जनप्रिय नेता पौडेल जिताउन अन्य पार्टीमा रहेको प्रभावशाली नेता कार्यकर्तासमेत धमाधम एमाले भित्रन थालेका छन् ।

राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्नुका साथै रुपन्देहीको बिकासको नेतृत्वकर्ता नेता भएकोले उहाँलाई जिताउने अभियानमा लाग्ने अठोटसहित आज मात्रै झण्डै दुई सय स्थानीय लोकप्रिय नेताहरु एमाले प्रवेश गरेका छन् ।

बुटवल– ११, हात्तीसुँढका अगुवा नेताहरुसहित १७६ जना आज पौडेलको हातबाट अविर लगाई एमाले प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रका नेता राजु शाही, विशाल राना, नेकपा एकीकृत समाजवादीकी नेतृ राधादेबी अधिकारी, जनता समाजवादीका सुनिल न्यौपाने र प्रबिनकुमार काफ्ले लगायत सो वडाका १७६ जना प्रवेश गर्नुभएको हो ।

उहाँहरुले बिष्णु पौडेलको जीत सुनिश्चित भएपनि सो अभियानमा लाग्ने अठोटसहित एमाले रोजेको बताउनु भयो ।