• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ) ★   सय दिन पुगेको अवसरमा गृह मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एक्सन एण्ड कन्ट्रोल’ रुम ★   सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन गर्ने निर्णय आगामी मन्त्रिपरिषद्ले गर्छ: मन्त्री अधिकारी ★   पदमुक्त भए गण्डकीका मन्त्री देवकोटा ★   ३७ वर्षपछि न्युजिल्यान्ड समूह चरणबाटै बाहिरियो, टी–२० विश्वकपमा भने पहिलोपटक ★   २०८३ चैतसम्म काठमाडौँ–तराई/मधेस द्रुतमार्गबाट सवारी गुड्छन्: मन्त्री उप्रेती ★   गोलीबारी मामिलामा सलमानले भने – मलाई निशाना बनाइएको छ

झिलिमिली बत्तीको मूल्य १० प्रतिशतले वृद्धिः बजारमा अभाव



काठमाडौँ । तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ ।

नेपाल विद्युतीय व्यावसायी महासंघले गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको मूल्य ८ देखि १० प्रतिशतले वृद्धि भएको बताएको हो । महासंघले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तीको मूल्य बढेर आएको महासंघले बताएको छ । तिहार नजिकिएसँगै बजारमा तिहार केन्द्रित वस्तुहरूको खरिदबिक्री बढ्न थालेको छ ।

फूलहरुको र झिलिमिली बत्तीको पर्वको रुपमा मनाइने तिहारका लागि बजारमा बत्ती, भाइमसला, फूलजस्ता वस्तुहरूहरुको बिक्री तथा खरिद शुरु भएको छ । अन्य सामानसँगै तिहारमा सबैभन्दा बढी बिक्री हुने झिलिमिली बत्तीको बिक्री पनि बजारमा शुरु भएको महासंघले जनाएको छ । महासंघका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमासमेत केही कमी आउने बताउनु भयो ।

उहाँले आयातमा कमी तथा गत वर्षको तुलनामा विद्युतीय झिलिमिली बत्तीको मूल्यसमेत ८ देखि १० प्रतिशतसम्म बढेको बताउनु भयो । पोखरलले मंगलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपाली मुद्रासँगको तुलनामा अमेरिकी डलरको मूल्य बढ्नाले मूल्य वृद्धि भएको बताउनु भयो । उहाँले तातोपानी र रसुवागढी नाका सहजतापूर्वक सञ्चालन नहुँदा र प्रतिपत्र ९एलसी० खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्थाले आयात कम भएको बताउनु भयो ।

पोखरेलले गत वर्ष नेपालमा २५ देखि ३५ प्रतिशत अर्थात करिव ४० करोडको विद्युतीय बत्ती आयात भएको भन्दै यो वर्ष करिव ३० करोड रुपैयाँ बराबरको आयात हुने अनुमान रहेको बताउनु भयो । उहाँले कोभिड भन्दाअघि वि।सं। २०७६ मा तिहारको समयमा नेपालमा करिव ६० देखि ७० करोड बराबरको झिलिमिली बत्ती आयात हुने गरेकोमा कोभिडपछि २५ करोड बराबरको मात्रै झिलिमिली बत्ती आयात हुन थालेको बताउनु भयो ।

महासचिव पोखरेलले झिलिमिली बत्तीको आयातका लागि नेपालबाट व्यावसायीहरुले अर्डर दिनुपर्ने समयमा चीनका शहरहरुमा लकडाउन भएकाले अर्डर गरेका सामान समयमा नेपाल आइ नपुग्दा बजारमा बत्तीहरुको अभाव रहेको बताउनु भयो । उहाँले तातोपानीको नाका बन्द रहनु र रसुवागढीको नाका पनि सहजतापूर्वक सञ्चालनमा आउन नसक्नुले यो वर्षको झिलिमिली बत्तीको आयात प्रभाव परेको बताउनु भयो ।

पोखरेलले सामान आयात गर्न प्रतितपत्र ९एलसी० खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने हुँदा यो वर्ष धेरै सामान आयात नभएको बताउनु भयो ।उहाँले भन्नुभयो,‘नेपालमा झिलीमिली बत्तीको उत्पादन छैन । धेरै प्रतिशत चीनसँग निर्भर रहेका छौं । तिहारमा झालर,माला बत्ती,बल्व लगायत अधिकांश चीनबाट आउँछन् र थोरै मात्रामा भारतबाट आउँछ । पछिल्लो २ वर्ष कोभिडको मारमा प¥यौं ।

पछिल्लो राष्ट्र बैंकले लिएको मौद्रिक नीति र अमेरिकी डलरको तुलनामा नेपाली पैसाको तुलनामा गिरावट आएको कारण यो वर्षको तिहारमा विगतका वर्षको जस्तो झिलिमिली बत्तीको धेरै व्यापार हुने देखिएको छैन । बत्तीको आयातसमेत कम हुने महासंघको आँकलन छ । विदेशबाट वस्तु आयात गर्दा एलसी खोल्दा १२० प्रतिशत पैसा बुझाउनु पर्ने भएको छ । डलरको मूल्य वृद्धि भएको तथा झिलीमिली बत्ती चीनबाट लोड गर्ने बेलामा लकडाउन भएकाले कम आउने देखिन्छ ।

चीनबाट आयातका लागि नेपाली व्यावसायीहरुले अर्डर दिएतापनि जुन बेला लोड हुनुपर्ने थियो, त्यत्ति बेला चीनका शहरहरुमा लकडाउन भयो । जसले गर्दा अहिले धेरै सामान आइपुगेको छैन । गत वर्षको तुलनामा भन्दा कम बत्ती आयत हुने देखिन्छ । यो वर्ष अहिलेसम्म २० देखि २५ करोडको भएको छ । यसमा केही मात्रामा बढ्नसक्छ । विगतको भन्दा बजारमा तिहारमा आवश्यक पर्ने झिलिमिली बत्ती कम रहेको छ ।

सरकारले लिएको पछिल्लो नीतिको कारण आयात कम भएको छ । डलरको मूल्य बढेको कारण पहिलाको तुलनामा थोरै महंगो हुन्छ । बजारमा झिलीमिलि बत्तीहरुको मूल्य ८ देखि १० प्रतिशतसम्म बढ्छ । डलरको मूल्य बढेरले मूल्य १० प्रतिशत बढ्नसक्छ । कोभिड भन्दा अगाडि ६० देखि ७० करोडको झिलीमिली बत्ती आयात हुने गरेको थियो । विगतको तुलनामा कोरोना महामारीपछि निरन्तर यस्ता झिलिमिली बत्तीको आयात घटिरहेको छ ।

त्यस्तै,विद्युतीय व्यापारीहरुले ग्राहकको माग अनुसार बजारमा तिहारको लागि आवश्यक झिलिमिली बत्ति नभएको बताएका छन् । काठमाडौंका विद्युतीय व्यापारी मनराज खतिवडाले बित्तीहरुको मूल्य बढेर आएको बताउनु भयो । अर्का व्यापारी दुर्गा सापकोटाले महँगो भएपनि ग्राहकहरुले खोजेको सामान नभएको बताउनु भयो ।

नेपालमा सामान्य अवस्थामा विद्युतीय सामग्री तथा बत्ती नेपालमा वार्षिक १ अर्बभन्दा धेरैको आयात हुने गरेको छ । । जसमध्ये आयात हुने झिलिमिली बत्तीको ८० प्रतिशत खपत तिहारको समयमा हुने महासंघले बताएको छ । त्यस्तै, क्रिसमस, नयाँ वर्ष तथा विवाह भोजजस्ता कार्यक्रमहरुमा २० प्रतिशत आयातित बत्तीको खपत हुने गरेको महासंघका महासचिव पोखरेलले बताउनु भयो ।

तिहारमा बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रप लाईट अत्याधिक बिक्री हुने गर्दछ ।