१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप

झिलिमिली बत्तीको मूल्य १० प्रतिशतले वृद्धिः बजारमा अभाव

झिलिमिली बत्तीको मूल्य १० प्रतिशतले वृद्धिः बजारमा अभाव
अ अ+ अ-

काठमाडौँ । तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ ।

नेपाल विद्युतीय व्यावसायी महासंघले गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको मूल्य ८ देखि १० प्रतिशतले वृद्धि भएको बताएको हो । महासंघले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तीको मूल्य बढेर आएको महासंघले बताएको छ । तिहार नजिकिएसँगै बजारमा तिहार केन्द्रित वस्तुहरूको खरिदबिक्री बढ्न थालेको छ ।

फूलहरुको र झिलिमिली बत्तीको पर्वको रुपमा मनाइने तिहारका लागि बजारमा बत्ती, भाइमसला, फूलजस्ता वस्तुहरूहरुको बिक्री तथा खरिद शुरु भएको छ । अन्य सामानसँगै तिहारमा सबैभन्दा बढी बिक्री हुने झिलिमिली बत्तीको बिक्री पनि बजारमा शुरु भएको महासंघले जनाएको छ । महासंघका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमासमेत केही कमी आउने बताउनु भयो ।

उहाँले आयातमा कमी तथा गत वर्षको तुलनामा विद्युतीय झिलिमिली बत्तीको मूल्यसमेत ८ देखि १० प्रतिशतसम्म बढेको बताउनु भयो । पोखरलले मंगलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपाली मुद्रासँगको तुलनामा अमेरिकी डलरको मूल्य बढ्नाले मूल्य वृद्धि भएको बताउनु भयो । उहाँले तातोपानी र रसुवागढी नाका सहजतापूर्वक सञ्चालन नहुँदा र प्रतिपत्र ९एलसी० खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्थाले आयात कम भएको बताउनु भयो ।

पोखरेलले गत वर्ष नेपालमा २५ देखि ३५ प्रतिशत अर्थात करिव ४० करोडको विद्युतीय बत्ती आयात भएको भन्दै यो वर्ष करिव ३० करोड रुपैयाँ बराबरको आयात हुने अनुमान रहेको बताउनु भयो । उहाँले कोभिड भन्दाअघि वि।सं। २०७६ मा तिहारको समयमा नेपालमा करिव ६० देखि ७० करोड बराबरको झिलिमिली बत्ती आयात हुने गरेकोमा कोभिडपछि २५ करोड बराबरको मात्रै झिलिमिली बत्ती आयात हुन थालेको बताउनु भयो ।

महासचिव पोखरेलले झिलिमिली बत्तीको आयातका लागि नेपालबाट व्यावसायीहरुले अर्डर दिनुपर्ने समयमा चीनका शहरहरुमा लकडाउन भएकाले अर्डर गरेका सामान समयमा नेपाल आइ नपुग्दा बजारमा बत्तीहरुको अभाव रहेको बताउनु भयो । उहाँले तातोपानीको नाका बन्द रहनु र रसुवागढीको नाका पनि सहजतापूर्वक सञ्चालनमा आउन नसक्नुले यो वर्षको झिलिमिली बत्तीको आयात प्रभाव परेको बताउनु भयो ।

पोखरेलले सामान आयात गर्न प्रतितपत्र ९एलसी० खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने हुँदा यो वर्ष धेरै सामान आयात नभएको बताउनु भयो ।उहाँले भन्नुभयो,‘नेपालमा झिलीमिली बत्तीको उत्पादन छैन । धेरै प्रतिशत चीनसँग निर्भर रहेका छौं । तिहारमा झालर,माला बत्ती,बल्व लगायत अधिकांश चीनबाट आउँछन् र थोरै मात्रामा भारतबाट आउँछ । पछिल्लो २ वर्ष कोभिडको मारमा प¥यौं ।

पछिल्लो राष्ट्र बैंकले लिएको मौद्रिक नीति र अमेरिकी डलरको तुलनामा नेपाली पैसाको तुलनामा गिरावट आएको कारण यो वर्षको तिहारमा विगतका वर्षको जस्तो झिलिमिली बत्तीको धेरै व्यापार हुने देखिएको छैन । बत्तीको आयातसमेत कम हुने महासंघको आँकलन छ । विदेशबाट वस्तु आयात गर्दा एलसी खोल्दा १२० प्रतिशत पैसा बुझाउनु पर्ने भएको छ । डलरको मूल्य वृद्धि भएको तथा झिलीमिली बत्ती चीनबाट लोड गर्ने बेलामा लकडाउन भएकाले कम आउने देखिन्छ ।

चीनबाट आयातका लागि नेपाली व्यावसायीहरुले अर्डर दिएतापनि जुन बेला लोड हुनुपर्ने थियो, त्यत्ति बेला चीनका शहरहरुमा लकडाउन भयो । जसले गर्दा अहिले धेरै सामान आइपुगेको छैन । गत वर्षको तुलनामा भन्दा कम बत्ती आयत हुने देखिन्छ । यो वर्ष अहिलेसम्म २० देखि २५ करोडको भएको छ । यसमा केही मात्रामा बढ्नसक्छ । विगतको भन्दा बजारमा तिहारमा आवश्यक पर्ने झिलिमिली बत्ती कम रहेको छ ।

सरकारले लिएको पछिल्लो नीतिको कारण आयात कम भएको छ । डलरको मूल्य बढेको कारण पहिलाको तुलनामा थोरै महंगो हुन्छ । बजारमा झिलीमिलि बत्तीहरुको मूल्य ८ देखि १० प्रतिशतसम्म बढ्छ । डलरको मूल्य बढेरले मूल्य १० प्रतिशत बढ्नसक्छ । कोभिड भन्दा अगाडि ६० देखि ७० करोडको झिलीमिली बत्ती आयात हुने गरेको थियो । विगतको तुलनामा कोरोना महामारीपछि निरन्तर यस्ता झिलिमिली बत्तीको आयात घटिरहेको छ ।

त्यस्तै,विद्युतीय व्यापारीहरुले ग्राहकको माग अनुसार बजारमा तिहारको लागि आवश्यक झिलिमिली बत्ति नभएको बताएका छन् । काठमाडौंका विद्युतीय व्यापारी मनराज खतिवडाले बित्तीहरुको मूल्य बढेर आएको बताउनु भयो । अर्का व्यापारी दुर्गा सापकोटाले महँगो भएपनि ग्राहकहरुले खोजेको सामान नभएको बताउनु भयो ।

नेपालमा सामान्य अवस्थामा विद्युतीय सामग्री तथा बत्ती नेपालमा वार्षिक १ अर्बभन्दा धेरैको आयात हुने गरेको छ । । जसमध्ये आयात हुने झिलिमिली बत्तीको ८० प्रतिशत खपत तिहारको समयमा हुने महासंघले बताएको छ । त्यस्तै, क्रिसमस, नयाँ वर्ष तथा विवाह भोजजस्ता कार्यक्रमहरुमा २० प्रतिशत आयातित बत्तीको खपत हुने गरेको महासंघका महासचिव पोखरेलले बताउनु भयो ।

तिहारमा बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रप लाईट अत्याधिक बिक्री हुने गर्दछ ।