२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय क्रिकेट कन्ट्रोल बोर्डको अध्यक्षमा रोजर बिन्नी चयन



अ+ अ-

एजेन्सी । भारतका पूर्व अलराउन्डर रोजर बिन्नी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को नयाँ अध्यक्षमा निर्वाचित भएका छन् ।

उनी बीसीसीआईका ३६ औं अध्यक्ष हुन् । रोजरले सौरभ गांगुलीबाट जिम्मेवारी लिनेछन् । गांगुलीले २०१९ देखि २०२२ सम्म यो पद सम्हालेका थिए ।

बीसीसीआईको वार्षिक साधारण सभा (एजीएम)ले यस्तो निर्णय गरेको हो । मंगलबार रोजर बिन्नीको नामको औपचारिक घोषणा हुनसक्ने बताइएको छ ।

रोजर भारतका पहिलो एंग्लो–इन्डियन क्रिकेटर हुन् । उनी १९८३ को विश्वकप जित्ने भारतीय टोलीका महत्वपूर्ण सदस्य थिए । विश्वकपमा उनको योगदान निकै महत्वपूर्ण थियो । कपिल देवको कप्तानीमा भारतीय टोलीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक विश्वकप ट्रफी जितेको थियो । यस प्रतियोगितामा रोजर बिन्नी सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए ।

यस बाहेक बिन्नीको नेतृत्वमा टीम इन्डियाले अर्को विश्वकप जितेको थियो । रोजर बिन्नी सन् २००० मा भारतीय अन्डर–१९ टोलीका प्रशिक्षक पनि थिए । उनको निगरानीमा टीम इन्डियाले अन्डर– १९ विश्वकप जितेको थियो ।

रोजर बिन्नीले सन् १९७९ मा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । उनले पाकिस्तानविरुद्ध बैंगलोरमा पहिलो टेस्ट खेलेका थिए । यसपछि सन् १९८० मा बिन्नीले अस्ट्रेलियाविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । रोजर बिन्नीको करियर १९७९ देखि १९८७ सम्म चलेको थियो । यस अवधिमा उनले भारतका लागि २७ टेस्ट र ७२ ओडीआई खेलेका थिए । बिन्नीले टेष्टमा ४७ र एकदिवसीयमा ७७ विकेट लिएका छन् । यसबाहेक बिन्नीले टेस्टमा ८३० रन र एकदिवसीयमा ६२९ रन बनाएका छन् ।