२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने



अ+ अ-

काठमाडौं । अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गरेका छन् । सोमबार तिलगंगा आँखा अस्पतालमा पुगेर श्रेष्ठले आँखा दान गर्न पत्रमा हस्ताक्षर गरेका हुन् ।

स्वेच्छाले आँखा दान गर्ने निर्णय गरेका सविनलाई नेत्र चिकित्सकले धन्यवाद दिएका छन् साथै अस्पतालले उनलाई प्रशंसा पत्र पनि प्रदान गरेको छ ।

सविनलाई पहिलेदेखि नै आँखादान गर्ने इच्छा रहेको र समय मिले मिर्गौला र मुटु पनि दान गर्ने बताएका छन् । मिर्गौला र मुटु दान गर्न अस्पतालसँग सल्लाह भईरहेको सविनले बताए ।

सविन परोपकारी कार्यमा पनि सक्रिय रहेका छन् । हालसालै मात्र उनले काठमाडौंका सार्वजनिक शौचालयमा महिलाको लागि स्यानिटरी प्याडको व्यवस्था गरिदिएका थिए ।

सविन अन्दाज, हिरो रिटन्र्स, म, साजन, धन्दागिरी, रामप्यारी, लिलिबिली, ताकतवार र सूर्य किरण फिल्म तथा टेलिसिरियलहरुमा अनुबन्धित रहेका छन् ।