१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

तेक्वान्दोमा तीन विभागीय टिमले दुई/दुई स्वर्ण पदक थपे

तेक्वान्दोमा तीन विभागीय टिमले दुई/दुई स्वर्ण पदक थपे
अ अ+ अ-

काठमाडौँ । विभागीय टिम नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी बल (एपिएफ) र नेपाल आर्मीले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दोमा सोमबार भएको खेलबाट दुई/दुई स्वर्ण पदक थपेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको कालीपुल कवर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन सोबारसम्म १६ इभेन्ट्स सकिँदा नेपाल पुलिसले आठ स्वर्ण पदक जितेको छ । हालसम्म आर्मीले पाँच, एपिएफले दुई र मधेश प्रदेशले एक स्वर्ण पदक जितेका राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक हिरा थापाले जानकारी दिए ।

पुलिसले तीन, आर्मीले छ, एपिएफले दुई, लुम्बीनीले दुई, सदुरपश्चिम, मधेश प्रदेश र एनआरएनले एक/एक वटा रजत पदक जितेका छन् । गण्डकी र प्रदेश १ ले सात/सात, एपिएफले छ, मधेश र बागमतीले तीन÷तीन, लुम्बीनी र आर्मीले दुई/दुई, पुलीस र कर्णालीले एक÷एक कास्य पदक जितेका प्रशिक्षक थापाले जानकारी दिए ।

सोमबार राती १०ः३० मा सकिएको फाइनल खेल अन्तरगत महिला ४६ केजीतर्फ आर्मीकी काजल श्रेष्ठ, महिला ६७ केजीमा पुलिसकी इन्दिरा वस्नेत, महिला ७३ केजीमा आर्मीकी नम्रता तुलाधर, पुरुष ८७ केजी भन्दा बढीको तौल समूहमा एपिएफका भिमबहादुर खड्का, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा एपिएफका सुस्मिता गुरुङ, पुरुष ८० केजीमा पुलिसका अभिसेक बरालले स्वर्ण पदक दिलाएका छन् ।

महिला ४६ केजीमा सुदरपश्चिमका झरना नाथले रजत, एपिएफका बर्षा थापा र बागमतीका रोशनी श्रेष्ठले कास्य, महिला ६७ केजीमा आर्मीकी ग्यानी चुदाँराले रजत, प्रदेश १ की सविना माझी र एपिएफकी सोरन गुरुङले कास्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गा मगर र एपिएफकी रेजिना पार्कीले कास्य पदक जितेका छन् ।

पुरुष ८७ केजीभन्दा बढीको तौल समूहमा पुलिसका आसुतोष बरालले रजत, गण्डकीका निरजबहादुर नेपाली र मधेशका विकास तामाङले कास्य, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा आर्मीका प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेशका प्रवली वस्नेतले कास्य र पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, एपिएफका जनकबहादुर जोशी र मधेशका पवनकुमार श्रेष्ठले कास्य पदक जितेका छन् ।

बाइस इभेन्टका खेल हुने प्रतियोगिता यही कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । आठ वटा इभेन्ट्सको खेल सञ्चालन गर्न बाँकी छ । सात वटा प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए)का ३३० खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका तेक्वान्दो खेल प्रशिक्षक कर्ण प्रधानले बताए । स्वर्ण र कास्य २२/२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ ।