१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेन्जेमाले जिते बालोन डि ओर अवार्ड



अ+ अ-

एजेन्सी । रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले फुटबलको सर्वोच्च अवार्ड बालोन डि ओर अवार्ड प्राप्त गरेका छन् । गत सिजन गरेको प्रर्दशनका आधारमा फ्रान्सेली खेलाडी बेन्जेमालाई बालोन डि ओरको अवार्ड प्रदान गरिएको हो ।

उनी पहिलो पटक विश्वको उत्कृष्ट वर्ष खेलाडी चुनिएका छन् । बेन्जेमाकै ४६ खेलमा ४४ गोलको सहयोगले रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेको थियो ।

गत सिजन लिभरपुलमा रहेका साडियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुएना तेस्रो भए ।

यस्तै, बार्सिलोनाकी एलेक्सिया पुटेलासले सन् २०२२ को सर्वश्रेष्ठ महिला फुटबलरको अवार्ड प्राप्त गरिन् । इङ्ल्याण्डलाई युरो कप जिताउन आर्सनलकी फरवार्ड बेथ मिड दोस्रो स्थानमा रहिन् ।

बालोन डि ओरको ६ विधामा मनोनयनमा परेको म्यानचेस्टर सिटी वर्षको उत्कृष्ट क्लब घोषित हुदाँ लिभरपुल दोस्रो स्थानमा रह्यो ।

अर्जेन्टिनी स्टार लियोनल मेसीले ७ र पोर्चुगीज स्टार क्रिस्टियानो रोनाल्डाले ५ पटक यो अवार्ड हात पारेका छन् ।