१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा एमसीसी रोक्न माग गरिएका दुई रिट सर्वोच्चबाट दरपीठ



अ+ अ-

काठमाडौँ। एमसीएले एमसीसीका लागि गरेको जग्गा खरिदलगायतका कार्य रोक्न माग गर्दे दायर गर्न खोजिएको रिटसर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । 

एमसीसीका लागि एमसिए नेपालमार्फत नेपालको राष्ट्रिय स्वाधीनता विरुद्ध प्रयोग गर्ने उद्देश्यले नेपालको नुवाकोट जिल्लाको बेलकोटगढी वडा नं–७ रातमाटेमा ३९८ रोपनी जमीन खरिद गरेकोमा सोलगायत एमसीए नेपालले गरेका कर्मचारी नियुक्तीसमेतका कार्यहरु बदरका लागि अन्तरिम आदेशसमेत माग गर्दै रीट पेश गर्न खोजिएको थियो । 

रीटमा एमसीए नेपाललाई वैधानिकता दिने गरी प्रकाशित नेपाल राजपत्रको खण्ड ६८ संख्या २ मिति २०७५ वैशाख ५ गते मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति ९गठन० आदेश, २०७४  खारेज गर्न माग गरिएको थियो । 

रिट निवेदनमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल), दोस्रो तथा तेस्रो तल्ला याक एण्ड यति परिसर, दरबार मार्ग, काठमाडौँसमेतलाई विपक्षी बनाइएको थियो ।

एमसिएविरुद्ध गत वर्ष नै रीट लिएर सर्वोच्च गएकोमा अझै दर्ता नगरी राखिएकोमा फेरि एमसिए नेपाललाई एमसीसी अगावै राजपत्रमा षड्यन्त्रपूर्वक प्रकाशित गरी राज्यको बजेट दुरुपयोग गरिएको र घुमाउरो तरिकाले एमसीसी लागू गर्न खोजिएकोले अर्को रिट पुनः दायर  गर्न खोजेपनि दरपीठ गरिएको  अधिवक्ता स्वागत नेपालले जानकारी दिनुभयो ।