१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

महिला क्रिकेटः सशस्त्र प्रहरी र पुलिस फाइनलमा

महिला क्रिकेटः सशस्त्र प्रहरी र पुलिस फाइनलमा
अ अ+ अ-

पोखरा । महिला क्रिकेटको उपाधिको लागि नेपाल पुलिस क्लवले सशस्त्र प्रहरी बलबीच प्रतिष्पर्धा हुने भएको छ ।

पुलिसले मंगलवार पोखरा रंगशाला क्रिकेट मैदानमा उपाधिको लागि सशस्त्र प्रहरी बलसँग खेल्ने भएको हो । ज्योती पाण्डेको अविजित ६९ रनको पारीमा सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै फाइनल प्रवेश ग¥यो ।  १३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटियो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमवार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनलमा टस हारेको सशस्त्रले १२९ रनको योगफल तयार पारेको थियो । पाण्डेले ओपनिङ गर्दै ६१ बल खेल्दै ६९ रनमा अविजित रहिन् । उनले ७ चौका प्रहार गरिन् ।

सशस्त्र प्रहरीले २० रनको योगफल बनाउँदा पहिलो विकेटको रुपमा सीता राना मगरलाई गुमाएको थियो । मगरले ११ रन जोडिन् । दोस्रो विकेटको रुपमा इन्दु बर्मा ६ रनमा आउट भइन् । ममता चौधरीले १६ रनमा आउट हुदाँ ओपनर पाण्डे र रोमा थापाले ५५ रनको साझेदारी गरेका थिए । रोमा १२ रनमा अविजित रहिन् । कृतिका मरासिनीले दुई विकेट लिइन् ।

१३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटिएको थियो । पहिलो विकेट १८ रनमा गुमाएको लुम्बिनीका लागि सुस्मिता बजगाईंंले सर्वाधिक १२ रन जोडिन् । उनले २३ बल खेल्दै १ चौका प्रहार गरिन् ।

अन्य व्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । लक्ष्मी चौधरीले ५ रन बनाउँदा आस्मा पुलामी मगरले ६ रन बनाइन् । मधु डिसीले ५ रन बनाउँदा ७ बल खेल्दै १ चौका स्कोर बोर्डमा लेखिएको थियो । नेरी थापाले ४ ओभरमा ७ रन खर्चिंदै ४ विकेट लिइन् ।

दोस्रो खेलमा टस हारेर व्याटिङ गरेको नेपाल पुलिस क्लवले वागमती प्रदेशलाई ३६ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ । टस हारेर ब्याटिङ गरेको नेपाल पुलिसले ४ विकेटको क्षतिमा १२३ रनको योगफल तयार पारेको हो ।

ओपनर काजल श्रेष्ठले ५१ बल खेल्दै ५ चौकासहित ४६ रनको योगदान दिइन् । कविता कुँवरले २६ रन जोडिन् । पहिलो विकेटको लागि नेपाल पुलिसले ७० रनको महत्वपूर्ण साझेदारी निभाए । मध्यक्रमका ब्याटरको रन उल्लेल्य रहेन । कप्तान रुबिना क्षेत्री र कविता जैसी अविजित रहने क्रममा १७ र १५ रन जोडिन् । कविताले ९ बल खेल्दै १ छक्का हिकाइन् । वागमतीकी अस्मिना कर्माचार्य, खुशी डंगोल र सुमन खतिवडाले १/१ विकेट लिए ।

१२४ रनको लक्ष्य पछ्याएको वागमती प्रदेश ८७ रनमा समेटिएको छ । पहिलो ओभरमा नै विकेट गुमाएको वागमतीले ओपनरलाई सस्तैमा गुमाएको थियो । सुमन खतिवडाले २३ रन बनाइन् भने अस्मिना कर्माचार्यले ३५ बलमा १८ रन बनाइन् । आरती भण्डारीले अविजित ११ रन जोडिन् । कविता कुँवरले ४ ओभरमा ६ रन दिएर ३ विकेट लिइन् । ईश्वरी बिष्टले २ विकेट लिइन् ।